Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

लिम्बुवानी राँके जुलुश र मोटर साइकल र्‌याली सहित सप्तकोशीमा संघीयता विरोधीहरूको पुत्ला दहन

Wednesday, 08.31.2011, 12:43am (GMT+6.5)    | Comment | Print | Tell friend

प्रेम तुम्बापो 'मिम्जी'

दमक, लिम्बुवान ८ भाद्र २०६८, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को आयोजनामा 'लिम्बुवान स्वायत्त गणराज्य स्थापनाको लागि एक होऔं' भन्ने मूल नाराका साथ २०६८ भाद्र ७ गते साँझ लिम्बुवानका विभिन्न प्रमुख शहरहरू धरान,  इटहरी, सुनसरीस पथरी, उर्लाबारी, मोरङस दमक, बिर्तामोड, झापास इलाम बजार, इलाम, फेदेन बजार, पान्थरस फुङलिङ बजार, ताप्लिजोङ, मेयङलुङ बजार, तेह्रथुमस धनकुटा बजार, धनकुटास  चैनपुररखाँदबारी सङखुवासभालगायतका स्थानमा भब्य राँके जुलुश गरी सोही स्थानबाट सयौको सङख्यामा मोटर साइकल र्यालीसहित सप्तकोशीको कोशी ब्यारेजमा पुगेर संघीयता बिरोधी एकात्मकवादीहरूको पुत्ला दहन गरी कोणसभा गरेर कार्यक्रमको अन्त्य गरिएको थियो ।

लिम्बुवान को इटहरी देखी अरुण सप्तकोशीको किनारसम्म करिब १५ सय मोटर साइकल र्यल्ली  सम्पन्न भयो ्र संबिधान सभाद्वारा लिम्बुवान, खम्बुवान, तामाङसालीङ लागयातका संघीय गणराज्य स्थापना हुनुपर्ने र लिम्बुवानलाई टुक्राउन नहुने  कार्यक्रमको प्रमुक उद्धेश्य थियो । कार्यक्रमको सुरुवातमा एकात्मकवादीहरुको पुत्ला दहन गरिएको थियो र एकात्मकवादीहरूको पुत्लालाई मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष्य कुमार  लिङदेन 'मिराक'बाट पुत्लामा आगो लगएर दाह संस्कार  गरिएको थियो । पुत्ला दहनपछि  सप्तकोशी पुलको मद्य भागमा संघीयवादी लिम्बुवानी झन्डाहरु गाडिएको छ । कार्यक्रमको अन्तमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै लिम्बुवानका अध्यक्ष्य कुमार लिङदेन 'मिरा'ले अरु सबै सबै हारे पनि यी एकत्मकवादीहरूसंग लिम्बुवान कहिलै नहारी आन्दोलन जारी राख्ने बताउनु भयो । लिम्बुवानका उपाध्यक्ष्य तथा आन्दोलन संयोजक ज्ञान बहादुर गुरुङले कार्यक्रमको समापन गर्दै लिम्बुवान आन्दोलन निरन्तर जारी रहने बताउनु भयो ।

तत्कालै मंच सबद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको बिराटनगरमा बिशाल लिम्बुवानी आमसभा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको संचालन लिम्बुवानका सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङद्वारा गरिएको थियो भने केन्द्रीय सदस्य टीका ढुङगेलले स्वागत गर्नु भएको थियो


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top