Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

नवनिर्वाचित प्रधानमन्त्रीद्वारा गोपनियताको सपथ ग्रहण

Monday, 08.29.2011, 04:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भदौ १२

नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामबरण यादवले भट्टराईलाई सपथ गराउनुभएको हो ।सपथ ग्रहण गरे लगत्तै भट्टराईले नव नियुक्त उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई पनि सपथ गराउनुभएको छ । त्यसलगत्तै प्रधानमन्त्रीले किर्तिपुरको चम्पादेवीस्थित कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुभएको छ ।उहाँले आजै सिंहदरबार पुगी आफ्नो कार्यभार सम्हाल्नु भएको छ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग आजै भएको वार्तामा मन्त्रालय बांडफांटमा कुरा नमिलेपछि मोर्चा आवद्ध फोरम लोकतान्त्रिकबाट उपप्रधानमन्त्री बनेका गच्छदारले मात्र सपथ लिनुभएको हो ।फोरम गणतान्त्रिकका सहअध्यक्ष राजकिशोर यादवका अनुसार सिंहदरबारमा भएको वार्तामा मोर्चालाई ११ वटा मन्त्रालय दिन माओबादी सहमत भएको छ । यसअघि, भट्टराईलाई प्रधानमन्त्रीमा सघाउन निर्णायक भूमिका खेलेको मोर्चाले १३ वटा मन्त्रालय दावी गरेको थियो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top