Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

नेपाली जनसरोकार समाजको भेटघाट तथा परिचायात्मक कार्यक्रम सम्पन्न

Saturday, 08.27.2011, 12:36am (GMT+6.5)    | Comment | Print | Tell friend

अधिराज राई (प्रकाश)

हङकङ २३ अगष्टका साझ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष श्रीप्रशाद जवेगुको प्रमुख अतिथि तथा प्रमुख वक्ता पनि रहेका थिए।कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिष्णु कुमार गुरुङ रहेका थिए भने विशेष अतिथिमा एमाओवादीका हङकङ जिल्ला कमिटिका कार्यवहाक सचिव जेबि ओख्राबु रहेका थिए। कार्यक्रमको सुरुवात ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट भावपुर्ण श्रदान्जलिबाट सुरु गरिएको थियो। उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य समाजका उपाध्याक्ष धिरेन राईले दिएका थिए। कार्यक्रमलाई समाजका महासचिव जिमि हाङखिमले सञ्चालन गरेका थिए भने कार्यक्रम हिन्सको कार्यलयमा भएको थियो।

वक्ताहरुमा कार्य वाहाक सचिव जेबि ओख्राबु पनि रहेका थिए। प्रमुख वक्ता जवेगुले तत्काकिन माओवादि र तत्कालिन जातिय मोर्चाहरु कसरी एकता भए भन्ने बारेमा पनि प्रष्ट्याएका थिए। देश उ वेला देखि यो बेला सम्म कुनै न कुनैरुपमा साम्राज्यवाद र विस्तारवादको दबदवामा रहेकोछ। यसबाट बच्न पनि आन्तरिक रुपमा राष्ट्रवादको विकास हुन जरुरि छ त्यस्को लागि जातिय मोर्चाहरुलाई दर्हो र सक्रिय बनाउन जरुरि छ। मार्क्सवादि, लेनिनवादि र माओवादि दर्शनलाई मान्दै बर्ग र जातिय मुक्तिलाई संगसंगै लान सकिने २१औं शताब्दीको नयाँ प्रयोग पनि हो भन्नु भयो।पाटि धागो हो बिभिन्न मोर्चाहरु फूलको थुङगा रहेको र सबै उन्दा राम्रो माला बन्ने बताएका थिए। जातिय मोर्चा पाटिको भातृ संगठन नभएको र यस बारेमा पाटिमा अझै वहस चलि रहेको पनि जनाएका थिए। तर मार्क्शबादको दर्शनको स्प्रिटलाई भने नछाडने बातउदै केन्द्रियता मान्नै पर्ने र केन्द्रीयताको नाममा खाए खा नखाए घिचको ब्यावहार पाटिले पनि नगर्ने विश्वास दिलाएका थिए ।

हङकङको पाटि गतिबिधिको बारेमा उहाले भन्नु भयो यहाँ केही असजिलो स्थित रहेछ, यो कुरा केन्द्रमा लाने र सम्बन्धित विदेश व्युरोलाई भेटेरै कुरा राख्ने पनि बताउनु भएको थियो। उहाँले भन्नु भो सिस्टममा छिरेर विरोध मात्र हैन हानाहान नै भए पनि गर्नु पर्छ तर बहसमा मात्र हो यहा जस्तो गल्लि गल्लिमा भर्बराउदै हिडन नेपालमा भने छुट छैन। विशेष जातिय मोर्चाहरु मध्ये मगर राष्ट्रिय मुक्ति मोर्चाको भने हालसम्म जनसरोकारलाई सहयोग गर्ने गरेको छैन । बस्तुगत स्थिति कानुनी प्रकिया आदिले गर्दा हङकङमा नेपाली जनसरोकार समाज नै पाटिको बैधानिक संस्था रहेको र यहाँ कार्यरत नेपाल जान परे वा नेपाललाई कार्यक्षेत्र बनाई काम गर्न चाहनेले चांहि जिल्ला कमिटिको सिफारिस लियर जान पर्ने पनि बताएका थिए।कार्यक्रममा प्रमुख अतिथि र भर्खरै लिरामुमोका नव निर्वाचित अध्यक्ष एम बि थोप्रा लगायत नव कार्य समितिका सदस्यहरुलाई पनि खादा ओढाई सम्मान गरिएको थियो र भावि दिनहरुमा पनि यसरी नै नव निर्वाचित सबै मोर्चाका साथिहरुलाई सम्मान   र स्वागत कार्यलाई निरन्तरता दिने समाजका अध्यक्ष बिष्णु कुमार गुरुङले बताएका थिए।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top