Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
Home > News > News

मलाई नेपालको माया छः ज्ञानेन्द्र

Wednesday, 06.11.2008, 07:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

पूर्वराजा ज्ञानेन्द्र शाहले आफु नेपाल छोडेर नजाने र आपुलाई मातृभुमिको माया रहेको बताउनु भएको छ ।

नारायणहिटी राजदरबार त्याग्नु अघि कास्की हलमा भएको पत्रकार सम्मेलनमा पुर्व राजा ज्ञानेन्द्रले  उक्त कुरा बताउनु भएको हो । बुधबार अपरान्ह ५:३३ बजेबाट सुरु भएको पत्रकार सम्मेलनमा आफुलाई दुई/दुई पटक राजा बनाएको बताउँदै राजदरबार हत्याकाण्डको बारेमा पनि खण्डन गर्नुभयो । उहाँले राष्ट्र नत्याग्ने वताउदै भन्नु भयो  मलाई नेपालको माया छ र म नेपाल छोडेर कुनै देश जादिन ।
विगत सात वर्षमा आफुबाट भएको कमि कमजोरीहरु प्रति दुःख व्यक्त गर्नु उहाँले भन्नु भयो -  \"मेरो अन्तर आत्मामा गुजरी रहेको कुरा इश्वरलाई साक्षी राखि भन्नु पर्छ मेरो शिरमा दुई पटक श्रीपेच आयो तर दुवै पटक करले ।  राजदरबारमा भएको हत्या भएको विभत्स घटना मेरो अन्तर आत्माबाट ब्यक्त गर्न सक्दिन\" ।  परिवारमाथि लगाएको आरोपमाथि कोइ बोल्ने र सहयोग गर्ने केही नभएको उहाँले बताउनु भयो । हत्याकाण्डमा घाइते भएका केही मानिस अहिले पनि जिवितै छन् । मेरो श्रीमतीको शरिरमा अहिले पनि गोली छ, निकाल्न पाएको छैन उहाँले जिकिर गर्नु भयो ।

'साथै म माथि लगाएको आरोपहरु निराधार रहेको छ, मैले कुनै सम्पति विदेशमा राखेको छैन । मेरो सम्पूर्ण सम्पति नेपालमा नै छ र पूर्वजबाट आएको सबै सम्पति संस्थागत नाममा नै छ, राजपरिवारको कुनै पनि परिवारको व्यक्तिगत सम्पति लिएको छैन' उहाँले बताउनु भयो ।
ऐतिहासिक संविधानसभा निर्वाचनको परिणाम स्वीकार्दै उहाँले भन्नु भयो \"मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ\" । \"मैले सबै नेपालीको हित होस् भने कामना छु र श्रीपेच र राजदन्ड आजैदेखि नेपाल सरकारको जिम्मामा दिन्छु\" भने बताउनु भयो ।

अन्तमा मैले राष्ट्र अध्यक्षको हैसियतबाट विगतको समयमा भएको कमि /कमजोरी प्रति दुःखित छु, सबै नेपालीहरुको भगवात पशुपतिनाथले कल्यान गरौंस् भन्दै पत्रकार सम्मेलनको अन्त्यको घोषणा गर्नु भएको थियो । पत्रकार सम्मेलन ५:५५ बजेसम्म चलेको थियो । पत्रकारहरुको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले केही प्रतिक्रिया व्यक्त गर्नु भएन ।


nepaljapan.com

Hot News

 

SEARCH

Newsletter

Top