Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
  • सार्क मन्त्रिपरिषद् बैठकको तयारी पूरा, कार्यक्रम समिति बैठक आजदेखि पोखरामा

    Monday, 03.14.2016, 10:16am

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको तयारी पुरा भएको छ । पर्यटकीय नगरी पोखरामा हुने बैठक अन्तर्गत आज र भोलि भने कार्यक्रम समितिको बैठक बस्दैछ । सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागीता हुने बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ । दुईदिने बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिसमक्ष बैठकमा प्रस्तुत हुनेछ

  • दोस्रो विश्व महिला सम्मेलन काठमाडौंमा सुरु हुँदै

    Sunday, 03.13.2016, 11:06am

    आजदेखि काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन शुरु हुँदैछ ।

  • सर्वोच्चको न्यायाधीशका लागी सिफारिस ११ नाम न्याय परिषदमै फिर्ता गर्दा सभामुखको तीव्र विरोध

    Thursday, 03.10.2016, 07:58pm

    सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस ११ नाममा संसदीय सुनुवाइको बाटो नखुलाई न्याय परिषदमै फिर्ता गर्ने सभामुख ओनसरी घर्तीको पत्रको तीव्र विरोध भएको छ । घर्तीले अधिकार क्षेत्रबाहिर गई पत्र पठाएको र न्यायाधीश नियुक्तिलाई अन्योलमा पारेको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा कानुन विज्ञहरूले राखेका छन् । संविधानअनुसार संसदीय सुनु

  • म्यानपावर कम्पनिहरु बन्द भए पछि हजारौ युवा अलपत्रमा

    Thursday, 03.10.2016, 12:06pm

    आईतबारदेखि म्यानपावर कम्पनिहरु बन्द भएपछि नेपालबाट रोजगारीका लागि बिदेश जाने क्रम रोकिएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले सम्पुर्ण काम कारोबार ठप्प गर्ने निर्णयको सर्कुलर गरेर ५ दिनदेखि म्यानपावर कम्पनि बन्द भएपछि बैदेशिक रोजगारमा जान तयार भएकाहरु भने मार्कामा परेका छन् । ५ दिनदेखि मेनपावर कम्पनीहरु बन्द भएपछि करिब ५ हजार बैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरुको काम अघि बढ्न सकेको छैन । नेपाल प्रहरीले बैदेशिक रोजगार ऐन बमोजिम कारबाही गरेको भनिरहेको छ ।

  • शेर्पा समुदायले बुधवार ग्याल्पो ल्होसार मनाउदै

    Wednesday, 03.09.2016, 09:22am

    शेर्पा समुदायले बुधवार आज ग्याल्पो ल्होसार मनाउदै छन् । शेर्पा समुदायले यस पर्वलाई ३ दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछ । यस अवसरमा शेर्पा समुदायले पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरि मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गरि मनाउने गर्दछन् ।

  • अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

    Tuesday, 03.08.2016, 10:57am

    मंगलबार १ सय ६ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्रा्ष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो ।

  • नेपाली सेनाले विभिन्न कार्यक्रम गरी सेना दिवस मनायो

    Monday, 03.07.2016, 10:24pm

    नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो । त्यसैगरी, कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरियो ।

  • नेपाली कांग्रेस सभापतिमा कसैको पनि बहुमत पुग्न नसक्दा आज फेरि दोस्रो चरणको निर्वाचन हुने

    Monday, 03.07.2016, 07:45am

    नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनको सम्पन्न मतदानमा सभापति पदमा कुनै उम्मेदवारले पनि आवश्यक बहुमत प्राप्त गर्न सकेनन् । तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत पुर्‍याउन नसक्दा फेरि अर्को चरणको मतदान हुने भएको हो । सभापति पदमा भएको मतगणनामा वरिष्ठ नेता शेरबहादुर देउवालाई ११ मत नपुग्दा उनी विजयी हुन सकेनन् । सभापतिका प्रत्याशी देउवाले एक हजार ५६४ मत पाए । जबकी जितका लागि कूल खसेको मत ३ हजार १४८ को ५० प्रतिशतभन्दा बढी अर्थात् एक हजार ५७५ मत जरुरी पर्ने थियो ।

  • सार्क मुलुकका कानुन व्यवसायीहरूको १३ औँ सम्मेलन काठमाण्डुमा सुरु

    Saturday, 03.05.2016, 11:01pm

    सार्क मुलुकका कानुन व्यवसायीहरूको १३ औँ सम्मेलन काठमाण्डुमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकका प्रधानन्यायाधीश, न्यायाधीश एवम् कानुन व्यवसायीहरूको १३ औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको हो

  • कांग्रेसको १३ औँ महाधिवेशन फागुन २० गते देखि राजधानीमा जारी

    Saturday, 03.05.2016, 10:53am

    नेपाली कांग्रेसको १३ औँ महाधिवेशन फागुन २० गते देखि राजधानीमा जारी छ । जारी महाधिवेशनमा शनिबार विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ । शुक्रबार बन्द सत्रमा पेश भएका तीन वटा प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ ।

Hot News

 

SEARCH

Newsletter

{L_TOP}