Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
  • पाँचखालमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु सहित २९ जना घाईते

    Saturday, 03.19.2016, 08:49am

    पाँचखालमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु सहित २९ जना घाईते भएका छन् । दोलखाको मेलुङबाट काठमाडौंं आउँदै गरेको बा ३ ख ७९३८ नम्बरको बस काभ्रेपलाञ्चोकको पाँचखालमा शुक्रबार दिउसो ४ः०० बजे दुर्घटना भएको हो ।

  • सार्क को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज हुँदै

    Thursday, 03.17.2016, 09:49am

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज हुँदै छ । बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्री बुधबार नै पोखरा पुगेका छन् ।

  • न्यायाधीश नियुक्तिको सिफारिस परिषदमै पठाउने सभामुखको निर्णय त्रुटीपुर्ण रहेको सर्वोच्चको ठह

    Tuesday, 03.15.2016, 07:24am

    सर्वोच्च अदालतले न्यायपरिषदले गरेको न्यायाधीश नियुक्तिको सिफारिस परिषदमै पठाउने सभामुख ओनसरी घर्तीको निर्णय त्रुटीपुर्ण रहेको ठहर गरेको छ ।

  • सार्क मन्त्रिपरिषद् बैठकको तयारी पूरा, कार्यक्रम समिति बैठक आजदेखि पोखरामा

    Monday, 03.14.2016, 10:16am

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको तयारी पुरा भएको छ । पर्यटकीय नगरी पोखरामा हुने बैठक अन्तर्गत आज र भोलि भने कार्यक्रम समितिको बैठक बस्दैछ । सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागीता हुने बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ । दुईदिने बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिसमक्ष बैठकमा प्रस्तुत हुनेछ

  • दोस्रो विश्व महिला सम्मेलन काठमाडौंमा सुरु हुँदै

    Sunday, 03.13.2016, 11:06am

    आजदेखि काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन शुरु हुँदैछ ।

  • सर्वोच्चको न्यायाधीशका लागी सिफारिस ११ नाम न्याय परिषदमै फिर्ता गर्दा सभामुखको तीव्र विरोध

    Thursday, 03.10.2016, 07:58pm

    सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस ११ नाममा संसदीय सुनुवाइको बाटो नखुलाई न्याय परिषदमै फिर्ता गर्ने सभामुख ओनसरी घर्तीको पत्रको तीव्र विरोध भएको छ । घर्तीले अधिकार क्षेत्रबाहिर गई पत्र पठाएको र न्यायाधीश नियुक्तिलाई अन्योलमा पारेको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा कानुन विज्ञहरूले राखेका छन् । संविधानअनुसार संसदीय सुनु

  • म्यानपावर कम्पनिहरु बन्द भए पछि हजारौ युवा अलपत्रमा

    Thursday, 03.10.2016, 12:06pm

    आईतबारदेखि म्यानपावर कम्पनिहरु बन्द भएपछि नेपालबाट रोजगारीका लागि बिदेश जाने क्रम रोकिएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले सम्पुर्ण काम कारोबार ठप्प गर्ने निर्णयको सर्कुलर गरेर ५ दिनदेखि म्यानपावर कम्पनि बन्द भएपछि बैदेशिक रोजगारमा जान तयार भएकाहरु भने मार्कामा परेका छन् । ५ दिनदेखि मेनपावर कम्पनीहरु बन्द भएपछि करिब ५ हजार बैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरुको काम अघि बढ्न सकेको छैन । नेपाल प्रहरीले बैदेशिक रोजगार ऐन बमोजिम कारबाही गरेको भनिरहेको छ ।

  • शेर्पा समुदायले बुधवार ग्याल्पो ल्होसार मनाउदै

    Wednesday, 03.09.2016, 09:22am

    शेर्पा समुदायले बुधवार आज ग्याल्पो ल्होसार मनाउदै छन् । शेर्पा समुदायले यस पर्वलाई ३ दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछ । यस अवसरमा शेर्पा समुदायले पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरि मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गरि मनाउने गर्दछन् ।

  • अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

    Tuesday, 03.08.2016, 10:57am

    मंगलबार १ सय ६ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्रा्ष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो ।

  • नेपाली सेनाले विभिन्न कार्यक्रम गरी सेना दिवस मनायो

    Monday, 03.07.2016, 10:24pm

    नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो । त्यसैगरी, कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरियो ।


Hot News

 

SEARCH

Newsletter

{L_TOP}