Hot News
किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने, ; हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर ; हङकङ निबासी टिनएजर ऋषिले जिते मेडल मङ्गोलियामा, ; यस्तो छ ताजा परिणाम
  • नेपाल र चीनबीच १० बुँदे सम्झौता, संयुक्त वक्तव्य आउने

    Monday, 03.21.2016, 06:54pm

    प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको भेटको क्रममा १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज भएको सम्झौतामा दुवै देशका सम्बन्धित अधिकारीहरुले हस्ताक्षर गरेका छन् ।

  • नेपाल र चीनबीच तेल र ग्याँसको अन्भेषण हुने सम्झौता

    Monday, 03.21.2016, 04:56pm

    नेपाल र चीनबीच पेट्रोलियम अन्भेषण गर्ने दुईपक्षीय सम्झौता भएको छ । सोमबार बेइजिङमा सम्पन्न दुई देशबीच पेट्रोल र ग्याँसको खानी अन्भेषण तथा उत्खनन गर्नका लागि विज्ञ तथा प्राविधिक सहयोग गर्ने कुरा उल्लेख गरिएको छ । चीनले सहयोग गर्ने भएपछि पेट्रोल र ग्यासको उत्खनन्मा उल्लेख्य प्रगति हुने अपेक्षा गरिएको छ । नेपाल र चीनबीचको यस सहमतिले तत्कालका लागि प्रभाव नपरेपनि दीर्घकालमा फाइदाजनक हुनेछ ।

  • साताव्यापी चीन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान

    Sunday, 03.20.2016, 08:22pm

    साताव्यापी चीन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाई गरेका छन् । प्रधानमन्त्रीका साथ उहाँकी पत्नी राधिका शाक्य, उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्य मन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि पनि चीन प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

  • पाँचखालमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु सहित २९ जना घाईते

    Saturday, 03.19.2016, 08:49am

    पाँचखालमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु सहित २९ जना घाईते भएका छन् । दोलखाको मेलुङबाट काठमाडौंं आउँदै गरेको बा ३ ख ७९३८ नम्बरको बस काभ्रेपलाञ्चोकको पाँचखालमा शुक्रबार दिउसो ४ः०० बजे दुर्घटना भएको हो ।

  • सार्क को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज हुँदै

    Thursday, 03.17.2016, 09:49am

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज हुँदै छ । बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्री बुधबार नै पोखरा पुगेका छन् ।

  • न्यायाधीश नियुक्तिको सिफारिस परिषदमै पठाउने सभामुखको निर्णय त्रुटीपुर्ण रहेको सर्वोच्चको ठह

    Tuesday, 03.15.2016, 07:24am

    सर्वोच्च अदालतले न्यायपरिषदले गरेको न्यायाधीश नियुक्तिको सिफारिस परिषदमै पठाउने सभामुख ओनसरी घर्तीको निर्णय त्रुटीपुर्ण रहेको ठहर गरेको छ ।

  • सार्क मन्त्रिपरिषद् बैठकको तयारी पूरा, कार्यक्रम समिति बैठक आजदेखि पोखरामा

    Monday, 03.14.2016, 10:16am

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको तयारी पुरा भएको छ । पर्यटकीय नगरी पोखरामा हुने बैठक अन्तर्गत आज र भोलि भने कार्यक्रम समितिको बैठक बस्दैछ । सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागीता हुने बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ । दुईदिने बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिसमक्ष बैठकमा प्रस्तुत हुनेछ

  • दोस्रो विश्व महिला सम्मेलन काठमाडौंमा सुरु हुँदै

    Sunday, 03.13.2016, 11:06am

    आजदेखि काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन शुरु हुँदैछ ।

  • सर्वोच्चको न्यायाधीशका लागी सिफारिस ११ नाम न्याय परिषदमै फिर्ता गर्दा सभामुखको तीव्र विरोध

    Thursday, 03.10.2016, 07:58pm

    सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस ११ नाममा संसदीय सुनुवाइको बाटो नखुलाई न्याय परिषदमै फिर्ता गर्ने सभामुख ओनसरी घर्तीको पत्रको तीव्र विरोध भएको छ । घर्तीले अधिकार क्षेत्रबाहिर गई पत्र पठाएको र न्यायाधीश नियुक्तिलाई अन्योलमा पारेको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा कानुन विज्ञहरूले राखेका छन् । संविधानअनुसार संसदीय सुनु

  • म्यानपावर कम्पनिहरु बन्द भए पछि हजारौ युवा अलपत्रमा

    Thursday, 03.10.2016, 12:06pm

    आईतबारदेखि म्यानपावर कम्पनिहरु बन्द भएपछि नेपालबाट रोजगारीका लागि बिदेश जाने क्रम रोकिएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले सम्पुर्ण काम कारोबार ठप्प गर्ने निर्णयको सर्कुलर गरेर ५ दिनदेखि म्यानपावर कम्पनि बन्द भएपछि बैदेशिक रोजगारमा जान तयार भएकाहरु भने मार्कामा परेका छन् । ५ दिनदेखि मेनपावर कम्पनीहरु बन्द भएपछि करिब ५ हजार बैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरुको काम अघि बढ्न सकेको छैन । नेपाल प्रहरीले बैदेशिक रोजगार ऐन बमोजिम कारबाही गरेको भनिरहेको छ ।


Hot News

 

SEARCH

Newsletter

{L_TOP}