Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

प्रगति राईको 'बादी विज्ञप्ति'को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

Monday, 09.06.2010, 09:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ भाद्र २१,
कवयित्रि प्रगति राईको कृति 'बादी विज्ञप्ति' कविता संग्रहको मञ्थन तथा समीक्षा कार्यक्रम सम्मन्न भएको छ । अभ्युत्थान महिला साहित्य प्रतिष्ठानको आयोजनामा भएको यस कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकै अध्यक्ष सुधा त्रिपाठीले गर्नुभएको थियो । सम नाटक घर, गुरुकुलमा दिनको ठिक २ बजे सुरु भएको कार्यक्रममा अतिथिहरुमा डा. गोविन्दराज भट्टराई, गोविन्द वर्तमान, नविन सुब्बा, कुष्ण धरावासी, मञ्जुल, हेमनाथ पौडेल तथा प्रगति राई हुनुहुन्थ्यो । कार्यक्रमको सुरुमा कवयित्रि प्रगति राईले बादी विज्ञप्ति कविता संग्रहबाट 'छोरी जन्माउछु' भन्ने शिर्षकको कविता वचन गरेर गर्नु भएको थियो भने कृष्ण धरावासी, मञ्जुल, हेमनाथ पौडेल, गोविन्द वर्तमान तथा डा. गोविन्दराज भट्टराईले कृतिको समिक्षा गर्नुभएको थियो । र, अरुण बरालले 'एम्बुसमा माया', विन्दा मैनालीले 'रुख', सकुन्तला जोशीले 'मेरो बुद्धत्व' र महेश आचार्यले 'दैलो' शिर्षकका कविता वचन गरेर सुनाउनु भएको थियो ।

सृजनशील समाज हङकङले प्रकाशन गरेको यस कृतिमा १९ ओटा कविता संकलित छन् । कृतिको समिक्षा गर्ने क्रममा कृष्ण धरावासीले नारीवादी चेतना उत्पन्न हुने तथा लिङ्ग आधारीत र कारुणीक, भावुकता भन्दा दिमागमा पुग्ने स्वरका कविता भएका यस कृतिमा जुन प्रकारले नारीवादी आवाज उठाइएको छ यसले सुन्नमा रमाईला भए पनि यसले अन्तमा उग्रधार लिन सक्छ भन्नुभयो । अन्तमा क्रान्तिचेत, बुद्धिबादी, आफैमा विरोधावासी, लिङ्गवादी यस कृतिका विषेशता हुन भन्नुभयो ।

कृतिको समीक्षा गर्ने क्रममा अर्का समालोचक मञ्जुलले जीवनले जे सिकायो त्यही उहाँले कवितामा झल्काउनु भयो र अनुशासन, शिष्ठता र सुन्दरता यस कृतिका प्रमुख विशेषता हुन भन्नुभयो ।

एक्लै नारी मात्र नभएर पुरुष र नारीको समान संघर्ष हुनुपर्छ भन्ने सन्देश यस कृतिले बोकेको छ साथै आफ्नो भाषा र संस्कृतिको पनि उजागर गरेको छ र कविता कलात्मक हुनुका साथै बौद्धिकता पनि छन् । यस कृतिलाई बौद्धिक तरिकाले बुझ्नु पर्दछ भनेर हेमनाथ पौडेलले अफ्नो विचार व्यक्त गर्नुभयो ।

समीक्षाकै क्रममा डा. गोविन्दराज भट्टराईले भन्नुभयो जनजाति महिला साहित्यमा उल्लेखनिय प्रगति भएको छ । साहित्य भनेको प्रेम हो यसमा घृणा उत्पन्न हुनुहुँदैन, प्रगति राईको कृतिमा प्रेमभाव कम भएको बताउदै डा. भट्टराले भन्नुभयो "Love alone unite living being."

त्यसैगरी गोविन्द वर्तमानले भन्नुभयो कवयित्रि प्रगति राईको कविता पढेपछि मलाई के लाग्यो भने आधुनिक नेपाली सहित्य समाजमा नेपाली महिला कवि ससक्त छैनन् भन्ने भनाई अव समाप्त हुँदैगएको छ । जातीय पहिचानको खोजी प्रवल विचार, नारी चेतना प्रवल, सामाजिक चेतना कृतिमा रहेको र जाँदा जाँदै जातीय पहिचान जोगाउन सहि कुरा हो तर यसमा अक्रमक रुपमा लाग्नु सहि हो ? भन्ने प्रश्न पनि गर्नुभयो ।

कार्यक्रममा कवयित्रि प्रगति राईको सहयात्री राजन मुकारुङले अभिभावक हैसियतले आफ्नो मन्तव्य दिनुभएपछी कार्यक्रमको अध्यक्ष सुधा त्रिपाठीले कृतिमा नारीबादी चेत, जातिबादी चेत, र प्रगतिबादी चेत रहेको कुरा प्रष्ट्याउदै कार्यक्रमको अन्त्य भएको घोषण गर्नुभायो ।

आजको यस मञ्थन तथा समीक्षा कार्यक्रमलाई बगैंचा डटकमले लाईभ अपडेट गरेको थियो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top