Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > National

क्युइँतबु कल्याण कोषको पाँचौ वाषिर्क साधारण सभा सम्पन्न

Saturday, 09.04.2010, 09:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमडौ भाद्र २० :  क्युइँतबु कल्याण कोषको पाँचौ वाषिर्क साधारण सभा सम्पन्न भएको छ । किरात (सुनुवार) हरुको एक उप-जाति क्युइँतिजहरुले आफ्नो समूहको उत्थान तथा धनी गरिब विच हुने भेदभावपूर्ण व्यवहारलाई समाप्त पार्नको लागि गठन गरिएको यस संस्थाले आप्नो पाँचौ वर्ष पार गरेको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना गरेको हो । हरेक वर्ष आयोजना हुने यस कार्यक्रमको अध्यक्षता कोषकै अध्यक्ष रणवीर सुनुवारले गर्नु भएको थियो भने, प्रमुख अतिथिमा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार हुनुहुन्थ्यो र अतिथिहरुमा टिकाराम मुलिचा (अध्यक्ष कुलदीप सुनुवार स्मृति कोष), मनप्रसाद सुनुवार (अध्यक्ष सुसेस लिलितपुर), वाइ.वि. सुनुवार, चम्पक सुनुवार, गोपाल सुनुवार, गुञ्जबहादुर सुनुवार, ले. मानबहादुर सुनुवार, कृष्ण कुमार सुनुवार (अध्यक्ष सुसेस धरान), इ. हरिबहादुर सुनुवार हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन नाअ्सो दलबहादुर सुनुवार तथा ओमबहादर सुनुवारले कोइच रितबाट पिदार गरेर गरिएको थियो ।

कार्यक्रममा खिजी काती गा.वि.स. वडा नं. ४ का भुवन सुनुवारको छोरा विकी सुनुवारलाई वर्षको सर्वोत्कृष्ट विद्यार्थीको पुरस्कार सहित सम्मान गरिएको थियो । साथै क्युइातिच जेष्ठ नागरिक तथा कोषलाई सहयोग पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थिया ।

कोटेश्वरको सुनुवार सेवा समाजको भवनमा दिनको ३ बजे सुरु भएको कार्यक्रममा सुनुवार दाजुभाई दिदीवहिनीहरु आफ्नै भेषभुषामा सजिएर आएका देखिन्थ्ये । कार्यक्रको अन्तमा कोषको महासचिव र कोषाध्यक्षले कोषको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । चियापानको कार्यक्रम सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top