Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > National

फेरि पनि बागमती कार्ययोजनाको

Saturday, 09.04.2010, 01:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, भदौँ १८, धार्मिक, साँस्कृतिक तथा वातावरणीय दृष्टिले अति महत्त्व बोकेको बागमती नदी अन्य मौसममा नाक थुन्नु पर्ने भएपनि मनसुनमा भने सफाजस्तै हुन्छ । यसका लागि  सरकारी तथा गैरसरकारी स्तरबाट संरक्षणका बिभिन्न प्रयासहरु हुदै आएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले बागमती नदीलाई  पुरानै अवस्थामा फर्काउन पाँच वर्षकार्ययोजना तयार पारेको छ । १४ अर्ब १६ करोड ५० लाख लागत पर्ने कार्ययोजना प्रधानमन्त्री माधबकुमार नेपालले शुक्रबार एक कार्यक्रममा र्सार्वजानिक गरेका छन् । कार्ययोजनाले बागमती सुधारका लागि गठित सरकारको अधिकार  सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई काम गर्ने सजिलो पार्ने देखिन्छ । प्रधानमन्त्रीले बागमतीको मुहार फर्न आवश्यक रहेको बताउदै नदी सुधारका लागि भारत लगात अन्य दातृ निकाय इच्छुक रहेको समेत उल्लेख गरे । ४०को दशकमा ढल मिसाउन थालेपछि यो नदी कुरुप हुदै गएको हो । कोषका अनुसार सुन्दरीजल देखि चोभारसम्म २७ किमि क्षेत्रमा संरक्षण र सुधारका काम गर्ने आवश्यक छ । बागमतीका लागि झण्डै २७० गैरसरकारी संस्थाहरुले काम गरेको दाबी गरेपनि यो दिन दिनै कुरुप बन्दैछ  । कोषका कार्यकारी निर्देसक सिर्द्घार्थ बज्राचार्यका अनुसार 'अहिले सम्म बागमतीमा कसैले केही गर्न खोजे पनि योजना चाँही थिएन ।' बन तथा भू-संरक्षण मन्त्रालय र कोषको बागमती बचाउन अर्न्तर्गत  भदौं पहिलो साता कर्ीर्तिपुरको नख्खु खोला छेउमा ४ हजार विरुवा रोपिएका थिए । गत वर्षोषले बागमती किनारमा एकै दिन एक लाख विरुवा रोपेको थियो वागमतीमा पानीको मात्रा बढाउन यसको मुहान क्षेत्रमा ब्यापक वृक्षरोपण गर्नु आवश्यक मानिन्छ ।

बागमतीको मुख्य द्घार, सुन्दरीजल लगायत स्थानमा नदीलाई पुनर्स्थापन र स्रोत क्षेत्रमा ब्यापक वृक्षारोपण गरी पानी रिचार्जको मात्रा बढाउने उद्देश्य कार्य योजनामा समेटिएको बज्राचार्यले बताए । उनका अनुसार कार्ययोजना अनुरुप प्रकृतिक संरक्षण, ग्रामीण, अर्धसहरी, सहरी र तल्लो तटीय क्षेत्र विकास गरिने छ कार्ययोजनामा नदी अतिक्रमित क्षेत्र संरक्षण, सरसफा, वृक्षारोपण , ढलनिकास र पानी सुद्घीकरण, आसपास क्षेत्रमा बासोबास ब्यवस्थापन लगातका कार्यक्रमहरु समेटिएका छन् । बागमतीलाई  जैविक रुपमा मृत घोषणा गरिएको बेला यो नदीलाई स्वच्छ, स्वस्थ र आसपास हरियाली बनाउन कार्ययोजना ल्याएको हो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top