प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार

Friday, 01.12.2018, 08:48am (GMT6.5)

२८ पुस, काठमाडौं ।

     

    प्रधानमन्त्री शेरबहादुर देउवाले गत ३१ असोजमा माओवादीका ९ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विभाविभागीय बनाएका थिए । त्यसको ८६ दिनपछि उनीहरुले राजीनामा दिएका हुन् । सरकार प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा जुटेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिनेछ

 

दाताको सहयोग सम्पन्नलाई नै बढी

 

दातृ निकायले मानव विकास सूचकांक (एचडीआई) सबैभन्दा उच्च भएको क्षेत्रमा नै सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने छ । आर्थिक वर्ष सन् २०१६१७ मा दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा गरेको खर्च समेटेर अर्थ मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट) मा एचडीआई सबैभन्दा उच्च भएकामा प्रदेश नंम्बर १ र ३ दातृ निकायले सबैभन्दा बढी खर्च गरेको देखिएको छ ।  प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज नेपालका सात प्रदेशमध्ये एचडीआई सबैभन्दा उच्च प्रदेश १ मा छ । त्यसपछि प्रदेश ३ मा आउँछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सात वटै प्रदेश प्रमुखका लागि सम्भावित व्यक्तिको नाम तय गर्ने आन्तरिक गृह कार्य थालेको छ । शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा सातवटै प्रदेशमा प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतको भनाइ छ शुक्रबार बिहानसम्म सातवटै प्रदेश प्रमुखको सूची तय भएमा सोहीदिन बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखको मनोनयन हुने सभ्भावना छ’, सञ्चार मन्त्री बस्नेतले भनेका छन् । तर, प्रदेश प्रमुख तोक्न सरकारले ढिलासुस्ती गरेको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएको छ ।

 

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै, अवकाश लिनेले के पाउँछन् ?

 

सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनामा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्था अनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने बताएको छ । स्वेच्छिक अवकासमा जाने कर्मचारीले सात वर्षको पेन्सन सुबिधा एकमुष्ट रुपमा पाउने छन् । पचास वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका कुनै पनि कर्मचारीले सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित सर्तबमोजिम स्वेच्छिक अवकास लिन सक्नेछन् ।


पद थप्न दौडधुप

 

प्रदेश प्रमुख र प्रदेश केन्द्रको बहस भइरहेका बेला सुरक्षा निकायहरू भने पद थप्ने दौडधुपमा लागेका छन् । कान्तिपुर दैनिकका अनुसार, नेपाल प्रहरीले नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव अघि सारेको छ भने राष्ट्रिय अनुसन्धान विभागले दुई डीआईजी र एक एआईजी थप्न दबाब दिएको छ । त्यसका लागि ती निकायका उच्च अधिकृतहरू गृह मन्त्रालय, अर्थ मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म धाइरहेका छन् । गत असारमै गृह मन्त्रालयले प्रत्येक प्रदेशमा एआईजीले नेतृत्व गर्ने गरी संख्या बढाएर तीनबाट एघार पुर्याएको थियो । पछि फेरि चारजना एआईजी थपिएको छ । अहिले फेरि प्रदेशमा रहने एआईजीको मातहत थप दुई डीआईजी प्रस्ताव गरिएको छ ।

R K

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.