Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > National

भारतीय पक्षले छाडेका लाखौं मूल्यका सवारी साधन र उपकरण कवाडीमा परिणत

Tuesday, 01.09.2018, 10:11am (GMT+6.5)    | Comment | Print | Tell friend

 २५ पुस, विराटनगर ।

   

    भारतीय कम्पनी सम्पर्कविहीन भएपछि नेपाली कम्पनीलाई कानेपोखरी-रंगेली सहायक मार्ग निर्माणको जिम्मा दिइएको छ । लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सन प्रालिलाई अपूरो सडकको काम सम्पन्न गर्ने जिम्मा दिइएको हो । चार वर्षपछि उक्त कम्पनीले कालोपत्रे थालेको छ । हुलाकी सडक आयोजनाका क्षेत्रीय योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीका अनुसार ५ असार ०७६ मा कालोपत्रे सडक सरकारलाई जिम्मा लगाउने सम्झौता छ । कानेपोखरी-रंगेली, चारआली-चन्द्रगढी-केचना र कल्याणपुर-बर्सायन-सुवर्णपट्टी सडक निर्माणको जिम्मा भारतीय कम्पनी जीभीआरले पाएको थियो । तीमध्ये कानेपोखरी-रंगेली सडकको काम बढी गरेको पाइएको छ । सरकारले ६ वर्षअघि उक्त सडकमा पर्ने निजी जग्गा अधिग्रहणवापत पाँच करोड ६ लाख ५६ हजार रुपैयाँ मुआब्जा वितरण गरेको थियो । भारतीय कम्पनीको लापरवाहीका कारण निर्माण अलपत्र छ । सडक निर्माणका लागि भित्र्याइएका लाखौं मूल्यका उपकरण बेवारिसे बनेका छन् । तिनको रेखदेखको जिम्मा पाएका पञ्चबहादुर तामाङलाई पाँच वर्षदेखि तलबसमेत दिइएको छैन । उनलाई मासिक १० हजार दिने बताइएको थियो । यस्तै, उनको घर प्रयोग गरेवापत मासिक १० हजार र जग्गाको वार्षिक ७८ हजार रुपैयाँ दिने बताइएको थियो । उनले ती कुनै शीर्षकको रकम पाएका छैनन् । भारतीय कम्पनीले बेवारिसे छाडेका सवारी साधन र उपकरणले उनको जग्गा ओगटेका छन् । न त तलब पाएँ, न घर र जग्गाको भाडा,’ तामाङ भन्छन्, ‘कहाँ गएर कोसँग माग्ने केही थाहा छैन । सम्पर्कमा कोही आउँदैैनन् ।  उनको जग्गामा चार वटा टि्रपर, पाँच वटा ट्रयाक्टर, एउटा स्काभेटरलगायत उपकरण अलपत्र छन् । ती सबै कवाडी बनेका छन् । आफ्ना सामान लिन पनि भारतीय कम्पनीका अधिकारीहरु नआएको स्थानीय जनकबहादुर तामाङ बताउँछन् । मार्च २०११ मा निर्माण शुरु गरेर अगस्ट २०१३ मा सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भारतीय कम्पनीसँग भएको थियो । तर, १८ महिनापछि काम छाडेर उक्त कम्पनी बाहिरिएको थियो ।


R K

Hot News

 

SEARCH

Newsletter

Top