Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > National

चिसोले जनजीवन कष्टकर, २३ को ज्यान गयो

Monday, 01.08.2018, 08:45am (GMT+6.5)    | Comment | Print | Tell friend

२४ पुस, काठमाडौं ।

     

   शीतलहरले तराईमा २३ को मृत्यु भएको र जनजीवन प्रभावित भएको छ । सप्तरीमा १४ र रौतहटमा पाँच जनाको मृत्यु भएको छ । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित बन्यो । आन्तरिकतर्फ अधिकांश क्षेत्रको उडान प्रभावित भएको छ । तर, नागरिक दैनिकले भने चिसाेले मध्यपूर्वी मधेसमा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे लेखेकाे छ ।

 

 पशुपतिको बालुवामा मन्त्रीको गिद्धेदृष्टि

 

राज्यकोषमा करोडौं क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको मिलेमतोमा अति थोरै रेट कायम गर्दै आफू निकटका ठेकेदारलाई बालुवा ठेक्का दिन गृहकार्य भइरहेको छ । उपप्रधानमन्त्री गच्छदारले पर्यटनमन्त्री देवलाई पशुपति क्षेत्रको बालुवा ठेक्कामा दिने न्यूनतम रेटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेर स्वीकृत गराउन दबाब दिँदै आएको छ । मन्त्री देवले अख्तियारको कारबाहीमा पर्न सक्ने डर देखाउँदै पन्छन खोजे पनि अहिले गच्छदारको दबाब थेग्न नसकेपछि उनी यो प्रक्रियालाई अगाडि बढाउन लागेका छन् । देव गच्छदारकै कोटामा मन्त्री बनेका हुन् । कोषको गोठाटारमा पाँच सय ३४ रोपनी जग्गा छ । यही जग्गाको बालुवा ठेक्कामा दिने गृहकार्य भएको हो । व्यवसायीका अनुसार यो क्षेत्रमा झन्डै ५ अर्ब बराबरको बालुवा छ तर अहिले कोषको राजस्वमा ३० देखि ४० करोड मात्रै आउने गरी ठेक्काको योजना बुनिएको छ ।


R K

Hot News

 

SEARCH

Newsletter

Top