Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > National

चार अर्बको गोली किन्न सरकारलाई दबाव

Saturday, 12.16.2017, 08:24am (GMT+6.5)    | Comment | Print | Tell friend

१ पुस, काठमाडौं ।

   आज शनिबार भएकाले सबैजसो पत्रिकाहरुमा शनिबारीय अंकसहित समाचारहरु छन् । सात प्रदेशमा बन्ने सरकार, ओली-प्रचण्ड र ओली-राष्ट्रपति भेटवार्ता लगायतका समाचारहरुले प्राथमिकता पाएका छन् । नागरिक दैनिकले नेपाल प्रहरीले चार अर्बको गोली किन्न सरकारलाई दबाव दिइरहेको समाचार छापेको छ । नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगट्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाव बढाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैयाँबराबरको अन्य सामाग्री खरिद प्रस्ताव पुगेको समाचारमा उल्लेख छ । गोली नेपाली सेनाबाट किन्ने कि अन्य देशबाट भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको खरिद फाइल अगाडि बढाउन अहिले दैनिक दबाव आउने गरेको जानकार एक अधिकारीले बताए । समाचारमा लेखिएको छ, ‘स्रोतका अनुसार माओवादी नेता शर्माले गृहमन्त्री छँदा सुरक्षा निकायलाई आधुनिकीकरण गर्ने भन्दै हतियारसँगै हेलिकोप्टरसमेत खरिद गर्ने प्रस्ताव अगाडि बढाएका थिए । अर्थका अधिकारीले हेलिकोप्टर खरिद प्रस्ताव स्वीकार नगर्दा सो प्रयास सफल हुन पाएन । नागरिकले चार अर्बको गोली किन्ने दबाव शीर्षकको समाचारसँगै संघीयता कार्यान्वयन अन्तिम चरणमाशीर्षकमा मुख्य समाचार छापेको छ । तीनै तहका चुनाव भएपछि राजनीतिक वातावरण बनेको र संघीयता कार्यान्वयनका लागि अन्य राजनीतिक पूर्वाधार निर्माण गर्ने चरणमा मुलुक प्रवेश गरेको समाचारको सार छ ।


R K

Hot News

 

SEARCH

Newsletter

Top