अल्ट्रा धाविका मीरा राईलाई हङकङमा आयोजित ५० किमी एसियन स्काई रनिङको उपाधि

Monday, 12.04.2017, 08:58pm (GMT6.5)

 मंसिर १८, २०७४

        काठमाडौं। अल्ट्रा धाविका मीरा राईले हङकङमा आयोजित एमएसआईजी लान्ताउ ५० किमी एसियन स्काई रनिङ च्याम्पियनशीपको उपाधि जितेकी छिन् । हङकङमा सम्पन्न दौडमा प्रतिष्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै राईले उपाधि जितेकी हुन् । तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् । दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी होसिनोले ७ घण्टा ५० मिनेट र काओरी निवाले ८ घण्टा २ मिनेटमा दूरी पूरा गरेका थिए । दौडमा कुल ३ सय ५६ धावक सहभागी थिए र त्यसमा मीरा सातौंमा रहिन् । महिलातर्फ भने ३८ धाविका दौडिएका थिए । नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दि इयर २०१७ को अवार्ड जितेकी मीरा दोस्रोपल्ट एसियन स्काई रनिङ च्याम्पियन भएकी हुन् । यसअघि उनले सन् २०१५ मा हङकङमै भएको एमएसआईजी एचके ५० साइकुङ एसिया स्काई रनिङ च्याम्पियनशीपमा सफलता हासिल गरेकी थिइन् ।

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.