रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते

Friday, 09.22.2017, 02:13pm (GMT6.5)

 आश्विन ६, २०७४

          रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते  रामेछाप आश्विन ६, २०७४ रामेछापको बितिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । २ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमा मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । दुर्घटनामा रामेछाप नगरपालिका ८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका ६ की उमा खड्का र बालकुमारी बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ । रामेछाप नगरपालिकाको च्यास्कुबाट काठमाण्डौं तर्फ आउँदै गरेको हिमालतराई यातायात समितिको यात्रुबाहक बस वितिटारको मोडबाट झण्डै ३० मिटर तल खसेको थियो । तिव्र गतिका कारण बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.