Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > National

सात लाख भूकम्प पीडितको दसैं टहरामै

Friday, 09.22.2017, 01:28pm (GMT+6.5)    | Comment | Print | Tell friend


काठमाडौं- २०७२ असोज ०६

      वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भिœयाउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् । प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दसैं टहरामै बित्ने यो तथ्यांकले पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राही सूचीमा सात लाख ६५ हजार ६ सय १८ घरधुरी सूचीकृत छन् । सिइओ पोखरेलले घोषणा गरेको संख्यामा पीडित घर भित्रिन त सकेनन् नै, घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्यासमेत मुस्किलले एक लाख नाघेको छ । बुधबारसम्म एक लाख २५ हजार नौ सय ९० लाभग्राहीले घर बनाउन सुरु गरेका छन् । यो संख्या उनले घोषणा गरेभन्दा २४ हजार कम हो । दसैंअघि डेढ लाख पीडितलाई टहराबाट घरमा भिœयाउन प्राधिकरणले गरेको प्रयास सफल नभएको सिइओ पोखरेलले स्वीकार गरे । गाउँगाउँमा इन्जिनियर नभएकाले सिस्टममा सबै तथ्यांक अपडेट हुन सकेको छैन,’ बिहीबार उनले नागरिकसँग भने, ‘हाम्रो लक्ष्यअनुसार दसैंअघि घर बनेनन् । तर अहिले घर निर्माण सम्पन्न गर्ने र सुरु गर्नेको संख्या करिब दुई लाख पुगेको छ । प्राधिकरणले अनुदान लिन समय सीमा तोकेपछि घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्या बढेको उनले बताए । अधिकांश लाभग्राही घर बनाउने तयारीमा देखिएका छन् । दसैंलगत्तै घर बनाउने क्रम बढ्छ,’ उनले भने । प्राधिकरणले सीधै काम गर्न नपाएका कारण पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको उनले बताए ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top