आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने

Monday, 08.21.2017, 03:21pm (GMT6.5)

५ भाद्र २०७४

काठमाडाै

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० गते एकै चरणमा हुने भएकाेछ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको चुनाव एउटै मितिमा गर्ने निर्णय गरेको हो । प्रमुख दलहरुबीच भएको सहमति अनुसार दुवै निर्वाचन एकै मितिमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अघि सरकारले निर्वाचन मिति घोषणा गरेको हो । देउवा आगामी वुधबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यसअघि  निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरिएक थियो ।

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.