Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > National

पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने

Monday, 08.21.2017, 01:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाण्डौ ।

       नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि सोमबार निर्वाचन हुने भएको छ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौँमा सुरु भएको २५ औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ । सोमबार बिहान ९ बजेदेखि हुने मतदानका लागि आइतबार नै उम्मेदवारी दर्ता भएका छन् । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये तीन जनाले फिर्ता लिएको र एक जनाको मापदण्ड नपुगेकाले ११७ जना कायम भएको प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी खनालले बताउनुभयो । अध्यक्ष पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोख्रेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । महिला सचिवका लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्ष समावेशी एक पदका लागि दिलीप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ । महासङ्घ विधानअनुसार समावेशी उपाध्यक्ष एक, महासचिव एक र छजना सचिव रहने व्यवस्था छ । छ सचिव पदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित एसोसिएट गेरर समावेशी बनाइएको छ । त्यस्तै कोषाध्यक्ष एकसहित ११ पदाधिकारी रहने व्यवस्था महासङ्घ विधानमा छ । महासङ्घले भौगोलिक र गैरभौगोलिक गरी प्रत्येक प्रदेशबाट दुईदुई गरी २० जना, खुलातर्फबाट पाँच जना, महिलामध्येबाट तीन जना, दलितमध्येबाट दुई जना, आदिवासी जनजातिमध्येबाट दुई जना, मधेसी मध्येबाट दुई जना, अपाङ्गता भएका व्यक्तिबाट एक जना, अल्पसङ्ख्यकबाट एक गरी ३६ जना चयन गर्ने व्यवस्था विधानमा छ । सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।


R K

Hot News

 

SEARCH

Newsletter

Top