Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > National

२६ जिल्लामा जनजीवन अस्तब्यस्त

Monday, 08.14.2017, 10:04am (GMT+6.5)    | Comment | Print | Tell friend

३० श्रावण २०७४
काठमाडौ 
देशभरका २६ जिल्लामा बर्षा र बाढीपहिरोले जनजीवन अस्तब्यस्त बनाएको छ । हालसम्म बाढीपहिरोबाट मृत्यु भएकाको संख्या ७० पुगेको छ भने ५० जना बेपत्ता भैसकेका छन् । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् भने करिब ४ सय घर क्षतिग्रस्त छन् । आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठकमा गृहमन्त्री जनार्दन शर्माले क्षतिको आँकडा प्रस्तुत गरेका छन् ।बैठक पश्चात सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको जनाकारी दिनु भएको छ । सरकारले उद्धार, पुन:स्थापना तथा खाद्यान्नलगायत राहत वितरणका लागि सोमबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने निर्णय गरेको छ । घाइतेको तत्काल नि:शुल्क उपचार गर्ने निर्णय पनि भएको छ । राजधानीलगायत नजिकका सहरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक/एक महिनाको तलब–सुविधा पीडितलाई प्रदान गर्ने निर्णय गरेको छ । मन्त्री बस्नेतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहानै बाढीपहिरोग्रस्त क्षेत्रको भ्रमण गर्ने र प्रधानमन्त्रीको भ्रमणपछि थप राहत प्याकेजको घोषणा हुनेछ । 


बगैँचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top