Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > National

बिमस्टेकको १५ औँ बैठक काठमाण्डौमा सुरु

Thursday, 08.10.2017, 03:46pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ श्रावण २०७४  

काठमाडाै

बिमस्टेकको १५ औँ बैठक काठमाण्डौमा आज सुरु भएको छ । सम्मेलनको पहिलो सत्रमा विदेश सचिवस्तरिय बैठक सुरु भएको हो । बैठक अन्र्तगत आजै साँझ ६ बजेबाट परराष्ट्र मामिला सम्बन्धि मन्त्री स्तरिय बैठक सुरु हुनेछ । बैठकको बिमेष्टेकका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बेलुका औपचारिक रुपमा उद्घाटन गर्नुहुनेछ । भोलीसम्म चल्ने बैठकमा ब्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निबारण, यातायत, पर्यटन, सञ्चार, उर्जा लगायतका बिषयमा छलफल हुने बताईएको छ ।  भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमश: सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी बिहीबार नै काठमाडौं आइपुग्ने छन् । आसियन मुलुकहरू थाइल्यान्ड र म्यान्मारबाट उपविदेशमन्त्रीले पनि बैठकमा सहभागिता जनाउने छन् । तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिमस्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुत गतिमा कार्यान्वयन गर्नेबारे १५ औं बैठक केन्द्रित हुने जनाइएको छ ।


बगैचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top