Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > National

ईपीएसको नतिजा प्रकाशित, १२ हजार एकसय ८ जना उत्तीर्ण

Tuesday, 07.25.2017, 08:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

१० श्रावण  २०७४
काठमाडौ
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । परिक्षामा १२ हजार एकसय ८ जना उत्तीर्ण भएका छन्। ईपीएस निर्देशक बाबुराम आचार्यका अनुसार ५९ हजार परिक्षार्थी मध्ये १२ हजार एकसय ८ जना उत्तीर्ण भएका हुन् । जसमा कृषितर्फ ७ हजार ५ सय ७८ र उत्पादनतर्फ ४ हजार ५ सय ३० जना उत्तीर्ण भए । हालसम्म कोरियामा ४७ हजार नेपाली युवा गइसकेका छन् । यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिट्याज्ड गरेर कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ । परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकल लगायतका प्रक्रिया सुरु हुनेछ ।


बगैँचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top