Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > National

नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट

Friday, 07.21.2017, 09:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

६ श्रावण २०७४
काठमाडौ 
सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ)ले नेपालमाथि लगाएको गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । हिजो कमिटिको बसेको बैठकले नेपाललाई गम्भिर सुरक्षा चासोको सूचीबाट हटाउने निर्णय गरेको थियो । नेपाल गम्भिर सुरक्षा चासोको सूचीमा परेपछि यही जुलाईमा आएको इकाओको टोलीले हवाई कानुन, नागरिक उड्डयनको संगठन, वायुयान सञ्चालन र उडान योग्यताको सम्परीक्षण गरेको थियो । सम्परीक्षणपछि नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसहरुको परिपालना दर औसतभन्दा ६ प्रतिशतले बढेर ६६ दशमलव ०८ प्रतिशत कायम भएपछि इकाओले गम्भीर सुरक्षा चासो सूचीबाट नेपाललाई हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिले बैंककमा बैठक गरी नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाउने निर्णय गरेको बताउनुभयो ।  युरोपेली युनियन ईयुले पनि नेपाली एयरलाईन्सहरुलाई आफ्नो आकाशमा प्रवेश निषेध गर्दै कालोसूचीमा राखेको छ । आईकाओको पछिल्ले निर्णयलाई आधार बनाएर इयूको कालोसूचीबाट पनि नेपाललाई हटाउन पनि पहल गरिने महानिर्देशक गौतमले बताउनुभयो । 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top