Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

सात उपमहानगरको यस्तो छ पछिल्लो मतपरिणाम

Friday, 06.30.2017, 02:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

  

असार १६, २०७४ काठमाडौं

            दोस्रो चरणमा निर्वाचन भएका सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार  एमालेले बुटबल, घोराही र तुलसीपुर उपमहानगरपालिका गरि ३ स्थानमा अग्रता लिएको छ । बुटबल उपमहानगरपालिकामा कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको हो । वडानम्बर १ को मत गणना हुँदा अगाडि रहेको कांग्रेसलाई वडा नम्बर २ को गणनामा एमालेले पछि पारेको छ । पछिल्लो परिणाममा एमालेका उम्मेदवार शिवराज सुवेदीले २०१७ मत ल्याएका छन् । माओवादी केन्द्रसँग मिलेर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले १६१० मत पाएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुखमा घनश्याम पाण्डेयले २ हजार ९४ र उपप्रमुखमा माया शर्माले १९९९ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरीले १६३१ र उपप्रमुखमा देविका नेपाली घिमिरेले १७१९ मत ल्याएका छन । माओवादी केन्द्रबाट प्रमुखमा शेषुराम भण्डारीले २ सय ९६ मत ल्याएका छन् । यस्तै घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले २३०२ र उपप्रमुखमा सीता सिग्देल न्यौपानेले २१७१ मत ल्याएका छन् । कांग्रेसका प्रमुख भुपबहादुर डाँगीले १५७१ र उपप्रमुखमा पुष्पा श्रेष्ठले १६३० मत ल्याएका छन् । माओवादीका जीवन गौतमले ९७६ ल्याएका छन् ।  उता, सुनसरीको धरान उपमहानगरपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

        कांग्रेसबाट प्रमुखमा तिलक राईले ४९९ र उपप्रमुखमा श्यामा रेग्मीले ४९६ मत ल्याएका छन् । एमालेबाट प्रमुखमा तारा सुब्बाले २८१ र उपप्रमुखमा मञ्जु भण्डारीले ३०३ मत ल्याएका छन् । इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रोहितकुमार प्रसाईले ७६९ र उपप्रमुखमा विमला शिवाकोटीले ७८९ मत ल्याएका छन् । प्रतिद्धन्दी एमालेका द्वारिकालाल चौधरीले ६३६ र लक्ष्मीकुमारी गौतमले ५९८ मत ल्याएका छन् । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडले ७ सय १८, स्वतन्त्र उम्मेदवार गोपाल हमाल ६९०, नेकपा एमालेका दुर्गाप्रसाद जोशीले १ सय ६१ र नेकपा माओवादी केन्द्रका रामसमझ रानाले १४८ मत ल्याएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा राप्रापाले अग्रता पाएको छ । राप्रपाका धवलशम्शेर राणाले ८८६, उपप्रमुखमा रमारानी गुप्ताले ५७७ मत पाएका छन् ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top