Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

एमाले र कांग्रेस ३-३ मा विजयी, माओवादी एउटामा कहाँ कसको अग्रता

Friday, 06.30.2017, 11:45am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं , असार १६

        शुक्रबार बिहान १० बजेसम्मको मत परिणाम भएका २८६ अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ३-३ स्थानमा विजय हासिल गरेका छन् भने माओवादी केन्द्रले १ स्थानमा विजयी हासिल गरेको छ। बजुराको पाण्डुगुफा गाउँपालिका, खोटाङको जन्तेढुङा गाउँपालिका र मझाङको मस्ठा गाउँपालिका गरी एमालेले तीन स्थानमा जित हासिल गरेको हो। भने नेपाली कांग्रेसले संखुवासभाका २ तथा बझाङको काँडा गाउँपालिकाको अध्यक्षमा जितेको छ। यता माओवादी केन्द्रले सोलुखुम्बुको लिखुबिके गाँउपालिकामा विजय हासिल गरेको छ। पछिल्लो पटक सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी अग्र स्थानमा एमालेले नै रहेको छ। एमालेले हालसम्म १ सय १५ स्थानमा अग्रता कायम राखेको छ। यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले हालसम्म १ सय १३  स्थानमा अग्रता कायम राखेको छ। यस्तै माओवादीले हालसम्म ४० स्थानमा आफ्नो अग्रता कायम राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ स्थानमा अग्रता लिँदा फोरम/नयाँ शक्तिले ५ स्थानमा अग्रता कायम राखेको छ। पछिल्लो समय फोरम लोकतान्त्रिकले ६ स्थानमा अग्रता लिएको छ भने स्वतन्त्र उम्मेदवारले ४ स्थानमा अग्रता लिइरहेका छन्।

 

 


R K

Hot News

 

SEARCH

Newsletter

Top