Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग

Thursday, 06.29.2017, 07:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

१५ असार २०७४
काठमाडौं
भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब धरौटी माग गरेको छ। चार साता अगाडि आयोगले शर्मालाई पक्राउ गरी बयान लिएको थियो। आयोगले बिहीबारसम्म एक करोड भन्दा माथिका १ सय फाइल अध्ययन गर्दा उल्लेख्यमात्रामा कर छुट दिएको आधारमा उनीसँग तीन अर्ब रुपैँया धरौटी माग गरेको अख्तियारले जनाएको छ। शर्मासँग पहिलो चरणको बयान लिने काम बिहीबार सकिएको छ । आयोगले उनलाई पक्राउ गरी विशेष अदालत मार्फत म्याद थप गरेको छ। तीन अर्ब बुझाएमा शर्मा धरौटीमा रिहा हुने छन्।

कर फर्स्योट आयोगले  ९ अर्ब ५४ करोड ६१ लाख सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजश्व मिनाहा गरेको विषयमा अख्तियारद्वारा छानबिन गरिएको हो। छानबिनका क्रममा अख्तियारले आयोगका पदाधिकारीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य उमेश ढकाल र आयोगका सदस्यसचिव रहेका शर्मालाई छानबिनको दायरामा लिएको हो। अध्यक्ष र सदस्य फरार भए पनि शर्मालाई भने गत १८ जेठमा पक्राउ गरी बयान लिइएको थियो।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट शर्मालाई पक्राउ गरेको थियो।


बगैँचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top