Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

झरिबिच दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरू

Wednesday, 06.28.2017, 08:35am (GMT+6.5)    | Comment | Print | Tell friend

१४ असार २०७४

काठमाडौं

३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरु भएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज प्रदेश नं १, ५ र ७ मा हुँदैछ। यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन्। अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । धन दिवसकाे अघिल्लाे दिन भए पनि ज मानिसहरू उत्सापुर्वक मतदानका लागि मत केन्द्रमा विहानै देखि मतहाल्न एका छन् । बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ। दाेस्राे चरणको स्थानीय तहको निर्वाचनमा एक मात्र महानगरपालिकाका बिराटनगर साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् । निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ । 


बगैँचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top