Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > National

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै ७ मन्त्रीले लिए शपथ

Wednesday, 06.07.2017, 09:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ जेठ २०७४
काठमाडौ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानसहित सातजना मन्त्री लिएर मन्त्रिपरिषद विस्तार गरेका छ्न। बुधबार दिउँसो राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समक्ष प्रधानमन्त्रीसहित सातै मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ पश्चात सिंहदरबास्थित प्रधानमन्त्री कार्यालयमा पुगेर देउवाले आफ्नो पदभार समेत सम्हालेका छन् । उपप्रधानमन्त्रीहरुमा विजयकुमार गच्छदार गोपालमान श्रेष्ठ र कृष्णबहादुर महरा छन् । मन्त्रिमण्डल गठनको पहिलो सूचिमा काँग्रेसभित्रको पौडेल समूहबाट भने कोही पनि परेको छैन। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कांग्रेस नेता श्रेष्ठले शिक्षा र मा‌ओवादी केन्द्रका नेता महराले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने छन्। महरा यसअघिको सरकारमा उपप्रधान एवंट अर्थमन्त्री थिए। यसैबीच, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् भने माओवादी केन्द्रका शर्मा गृहमन्त्री बनेका छन् । शर्मा यसअघि मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उर्जामन्त्री थिए । कांग्रेसका अर्का नेता फरमुल्लाह मन्सुरले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाए भने माओवादी नेता प्रभु साह बिनाविभागीय मन्त्री बनेका छन् ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top