Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > National

विदा भइन सर्वोच्चबाट प्रधानन्यायधीश सुशीला कार्की

Wednesday, 06.07.2017, 10:24am (GMT+6.5)    | Comment | Print | Tell friend

२४ जेष्ठ २०७४
काठमाडौ
उमेर हदका कारण प्रधानन्यायधीश सुशीला कार्कीले मंगलबार पदबाट अवकाश लिनु भएको छ । बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुग्नु भएका कार्की सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ बजे निस्कनु भएको थियो ।जाँदाजाँदै आफ्नो एकल निर्णयमा सर्वोच्च अदालतको सचिवालयमार्फत भावी प्रधानन्यायाधीशका लागि ६ जना गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रसमशेर राणा र जगदीश शर्मा पौडेलको नाम संवैधानिक परिषद्मा पठाउँदै कार्कीले विवादास्पद निर्णय भएको छ। कार्कीको अवकाशपछि बुधबारदेखि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् । सर्वोच्च प्रशासन स्रोतका अनुसार औपचारिक बिदाइका लागि सर्वोच्चमा कार्यक्रम गर्ने तयारी भए पनि कार्कीले अस्वीकार गरेको स्रोतले बताएको छ। 
कार्कीको कार्यकाल नेपालको न्यायिक इतिहासमा दुई घटना मुख्यरूपमा चर्चाका रूपमा रहेका छन् । पहिलो महिला प्रधानन्यायाधिश भइन् भने दोस्रो, महाभियोग प्रयासको पीडित बन्ने प्रधानन्यायाधीश बनिन् । पूर्ण प्रधानन्यायाधिशको ११ महिने कार्यकालमा आफ्नो दृढता, खरो स्वभाव र इमानदारीमाथिको निष्ठामा कायम रहिन् । तर केही सीमित विषयमा भने उनको भूमिका विवादबाट मुक्त हुन सकेन ।   
पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको अवकाशपछि २०७२ बैशाख १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधिशको रुपमा काम गर्नु भएकी कार्कीलाई प्रधानन्यायाधिशबाट रोक्न अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले सभामुख ओनसरी घर्तीलाई प्रयोग गरेका थिए । दलहरुविचको विवाद देखाई झण्डैं तीन महिना उनको संसदीय सुनुवाई प्रक्रिया अवरुद्ध भयो । गतिरोध खुलेपछि प्रधानन्यायाधिश नियुक्तीपछि भने उनले अनेक कठोर परिस्थितीको सामना गर्नुपर्यो  । 
कार्कीले आफ्नो कार्यकालमा भ्रष्टाचारसम्बन्धी मुद्दाहरुलाई प्राथमिकता दिदै सुडान घोटालाको न्याय निरुपणमा उहाँ प्रत्यक्ष संलग्न भै नेपाल बैंक अनियमितता र एलसी प्रकरणका मुद्दाहरु उनकै नेतृत्वको कार्यकालमा किनारा लागाइन । बहुचर्चित लाउडा विमान भाडा प्रकरण भने दुई न्यायाधिशविच राय बाझिएर पूर्ण इजलाशमा पेश हुने भएको छ । आफूमाथि लागेको महाभियोगका कारण उनले पोखराको बहुचर्चित जग्गा विवाद भने हेर्न पाइनन् । राजनीतिक नेतृत्वसमेत अप्रत्यक्ष रुपमा जोडिएको सुडान काण्डको किनारा लगाउँदा लगाउँदै कार्कीले महाभियोगको सामना गर्नुपरेको थियो । 

कार्कीको कार्यकालमा सर्वोच्चमा अनियमितता र आर्थिक चलखेलको कुनै गुनासो आएन, यो नै उनको कार्यकालको सबभन्दा ठूलो उपलब्धी भयो । हिड्ने बेलामा अनेक मुद्दामा रुचि देखाउने, ठूला आर्थिक आयतनका खरिदहरुमा रुची देखाउने केही पूर्ववर्ती प्रधानन्यायाधीशहरुको आदतलाई तोडिन। 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top