Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > National

४० औं प्रधानमन्त्रीका रुपमा चौथो पटक प्रधानमन्त्री शेरवहादुर देउवा निर्वाचित

Tuesday, 06.06.2017, 07:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

२३ जेठ २०७४ 
काठमाडौं

कांग्रेस सभापति शेरवहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीका रुपमा देउवा चौथो पटक प्रधानमन्त्री बन्नु भएको छ । माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको थियो । देउवाको पक्षमा  ३८८ मत पर्योा भने विपक्षमा १७० मत परेको थियो । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतको विपक्षी गठबन्धन उम्मेदवारीविरुद्ध उभिएको थियो ।
२०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले १ वर्ष ६ महिना प्रधानमन्त्री समाले देउवाले दोस्रो पटक २०५८ सालमा पुन मुलुकको जिम्मेवारी सम्हालेका थिए । त्तकालिन माओवादीविरुद्ध लगाएको संकटकाल संसद्बाटै पारित गराउन पहिलो ६ महिना एमालेले पनि समर्थन गरेको थियो । तर, दोस्रोपटक ६ महिना म्याद थप्दा एमालेले मात्र होइन कांग्रेसले पनि समर्थन गरेन । प्रस्ताव विफल भएपछि देउवाले कांग्रेस प्रजातान्त्रिकका नाममा दल खोलेर नयाँ चुनाव घोषणा गरे तर  घोषित चुनाव माओवादीका कारण हुन नसक्ने भनेपछि राजा ज्ञानेन्द्रले १८ असोज ०५९ मा उनलाई असक्षम भनि पदच्यूत गरेका थिए । देउवा पुन ०६१ जेठमा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनलाई २९ २०६१ जेठमा शाहले पुन: प्रधानमन्त्रीमा नियुक्त गरेपछि मुलुकको तेस्रो पटक देउवा प्रधानमन्त्री समालेका थिए । तर, राजाले ८ महिनापछि देउवालाई १९ माघ ०६१ मा आफै सत्ता हातमा लिएका थिए ।
७० बर्षिय डढेलधुरामा जन्मेका देउवाले त्रिभुवन विश्वबिद्यालयबाट राजनीति शास्त्रमा स्नाकोत्तर तहको अध्ययन गरेका देवाले२०५९ सालमा पार्टी बिभाजन गरी कांग्रेस प्रजातान्त्रिक नामको छुट्टै दल गठन गरेका थिए । पछि २०६४ सालमा सो पार्टी कांग्रेसमा एकिकृत भएको थियो ।  प्रधानमन्त्रीका रुपमा देउवालाई स्थानीय तहको दोस्रो चरणको निर्वाचन सहित संघ र प्रदेशको निर्वाचन गराएर संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ । सहमति अनुसार पछि विस्तार गर्दै लगिने कंग्रेस नेताले बताएका छन् ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top