Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > National

आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मा पक्राउ

Friday, 06.02.2017, 07:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

१९ जेष्ठ २०७४
काठमाडौ
आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि पक्राउ परेका छन्। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई आज १२:३० बजे पक्राउ गरेको हो।
शर्मालाई पक्रिन अख्तियारको टोली आन्तिरक राजस्व कार्यालय लाजिम्पाट पुगेको थियो। मुख्यतया एनसेल बिक्री प्रकरणमा महानिर्देशक शर्माले विक्रेताले राजस्व बुझाउनु नपर्ने तर्क राख्दै आएका थिए। शर्माको तर्क स्थापित हुँदा टेलियासोनेराले नेपाल सरकारलाई बुझाउनु पर्ने ३३ अर्बभन्दा बढी पूँजीगत लाभकर सरकारले पाउन सकेको छैन। एनसेल बिक्री गरेर टेलिया स्वीडेन फर्किसकेको अवस्थामा सरकारको राजस्व उठ्ने सम्भावना न्यून हुँदै गएको अवस्थामा अख्तियारले शर्मालाई पक्राउ गरेको हो। शर्मामाथि छानबिन भइरहेको अख्तियार उच्च स्रोतले बतायो । कर अनियमितताका सम्बन्धमा राजश्व प्रशासनका बहालवाला उच्च पदस्थ अधिकृत पक्राउ परेको यो पहिलो घटना हो । 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top