Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > National

राष्ट्रपतिद्वारा बहुमतीय सरकारका लागि आह्वान

Thursday, 06.01.2017, 02:16pm (GMT+6.5)    | Comment | Print | Tell friend

१८ जेठ २०७४

काठमाडौं

दलहरुलाई सहमतीको सरकार गठन गर्न दिएको समयसीमा गएराति सकिएको पछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गर्नु हुने भएकाे छ । बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गर्नु भएकाे हो राष्ट्रपतिले यसअघि सहमतीय आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समयसीमा गएराती सकिएको थियो । भण्डारीले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपनि कुनै सहमति हुन सकेको थिएन । अब बहुमतीय प्रक्रिया सुरु भएसँगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने छ भने प्रधानमन्त्रीको दौडमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका छन् ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top