Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > National

कक्षा ११ को परीक्षा असार १ देखि हुने

Wednesday, 05.31.2017, 04:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

१७ जेष्ठ २०७४

काठमाडाै  

(एनइबी) राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । एनइबीको आज बसेको बैठकले ११ कक्षाको परीक्षा असार १ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हाे । बैशाख ३१ को पहिलो चरण र जेठ ३१ गते हुने भनिएको दोस्रो चरणको निर्वाचका कारण एनइबीले परीक्षा असार ८ गते देखि सञ्चालन गर्ने तय गरेपनि निर्वाचन मिति पुन: परिवर्तन भएपछि ८ दिन अगाडि बाटै सञ्चालन गर्ने कार्यतालिका तय गरेको हो । बोर्डको क्यालेन्डर अनुसार बैशाख २४ देखि ११ को परीक्षा हुनुपर्ने थियो । नेपाल सरकारले यसअघि असार ९ गतेका लागि निर्वाचनको मिति तोकेपछि परीक्षा बोर्ड र परिक्षार्थी अन्योलमा परेका थिए ।  कक्षा ११ को परीक्षामा ४ लाख ४९ हजार विद्यार्थी सहभागी हुदैछन् । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top