Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > National

काठमाडौं महानगरपालिकाका नवनिर्वाचितहरूले लिए सपथ ग्रहण

Wednesday, 05.31.2017, 04:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

१७ जेठ २०७४

काठमाडौं

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहितका सबै स्थानीय जनप्रतिनिधिले बुधबार सपथ ग्रहण लिएका छन् काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडाैँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य उपमेयर हरिप्रभा खड्गीसहित नवनिर्वाचित १ सय ५९ जना जनप्रतिनिधिहरुलाई सामूहिक सपथ ग्रहण गराएका हन् ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर शाक्यले सबैसँग सहकार्य गरेर जनताको हितमा काम गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरिएको प्रतिवद्धता अनुसार अघि बढने प्रतिवद्धता व्यक्त गरे । शाक्यले काठमाडौंलाई पाँच वर्ष भित्र हराभरा, स्वच्छ र सुन्दर महानगर बनाउने प्रतिवद्धता चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए ।

सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति थिए ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top