Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > National

महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए

Sunday, 05.28.2017, 12:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ १४, २०७४-

          राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दै विकास अभियानमा लाग्न राष्ट्रिय आविष्कार केन्द्र गठन गरेका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका राष्ट्रियअन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याएका छन् । आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधिगत उपलब्धि हासिल गर्न लागिपरेका महावीर सरकारसँग आवश्यक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधारण नेपालीसँग पैसा, बुद्धि र समयको सहयोग माग्दै आएका छन् । देशविदेशमा रहेका नेपाली हितैषीको स्वैच्छिक महादानबाट केन्द्रमा ४ करोड रुपैयाँ जम्मा भइसकेको छ,’ महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिबार उनले भने, ‘यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस् भनेरै आफूले पाएका पदक बिक्रीमा राखेको हुँ ।

        केन्द्रले राखेको लक्ष्य र योजनामा बल पुर्‍याउन १० महिनायता सुरु स्वैच्छिक महादानमा ५० करोड रुपैयाँ संकलन गरी जलविद्युत् परियोजना सञ्चालन गर्दै यसको नियमित आम्दानीबाट आविष्कार केन्द्रलाई परिणाममुखीबनाउने योजना पुनको छ । मैले यसबीचमा चाउचाउ र सिमेन्टको विज्ञापनमा पनि खेलेको छु, जसको आम्दानी पनि यही केन्द्रलाई जानेछ,’ उनले भने, ‘पदकलाई घरको कुनामा थन्क्याएर राख्नुभन्दा यी उपलब्धिलाई थप उत्पादनमूलक बनाउन बिक्रीमा राखेको हुँ ।महावीरले र्‍यामन म्यागासेसे अवार्ड (२००७), इन्टरनेट हल अफ फेम (२०१४), राष्ट्रद्वीप (२०१२), युनिभर्सिटी अफ नेब्रास्का (२००१) र डा. हर्कबहादुर गुरुङ पर्वतीय पुरस्कारलाई बिक्रीमा राखिएको जानकारी दिए । यीमध्ये डा. हर्क गुरुङका नाममा आफूलाई मिलेको पुरस्कार (पदक) कतै हराइरहेकाले त्यसको खोजबिन भइरहेको उनले बताए । यी पदक उनले आफ्नो ठमेल अफिसमा सार्वजनिक प्रदर्शनीमा राखेका छन् । यीमध्ये एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे उनले ५० हजार अमेरिकी डलरसहित पाएका थिए । प्रतिष्ठित पदक बिक्रीमा राखिए पनि यिनको मूल्य भने निर्धारण गरिएको छैन । यसमा पदकको मूल्यभन्दा पनि स्वविवेक र हृदयले प्रदान गर्ने मूल्यको अर्थ महत्त्वपूर्ण हुनेछ,’ ६१ वर्षीय पुनलाई लागेको रहेछ, ‘यी पदकको मूल्य कसले, कसरी भन्ने ? मूल्य बेच्नेलाई पनि थाहा छैन, किन्नेलाई पनि थाहा छैन । हृदयले तोक्ने कुरा हो ।

        आफूले पछिल्लो पटक सरकारी तहमा एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई आविष्कार केन्द्रको योजना र सपनाबारे बताए पनि यो अभियानमा सरकारको मुख ताकेर कहिल्यै नबसेकोबताए । सरकारसँग न आग्रह न पूर्वाग्रहको मनस्थितिमा उनी पुगेका छन् । यसलाई राज्य पद्धतिप्रति अथवा कहींकसैप्रति प्रतीकात्मक अर्थको व्यंग्यका रूपमा समेत नलिन उनले आग्रह गरे । बाहिरी मुलुकमा एन्टिक भइसकेका कला, पदक वा पुराना सामग्री लिलामीमा जाने गरेको मैले सुनेको हँ। तर आफ्नै पदक बिक्रीको यो उपायलाई मैले व्यक्तिगत लाभहानिमा कहिल्यै राखेको छैन,’ उनले भने । पदक बिक्रीको घोषणा गरेपछि सामाजिक सञ्जालमा पाएको सम्मानको अपमानभन्दै टिकाटिप्पणी आइरहेकोमा पुनले दु:खमनाउसमेत गरे । यो त पदकले पाउने दोहोरो सम्मानको कुरा हो, पाएको पदकलाई थन्क्याएर राख्नुभन्दा थप उत्पादनमूलक बनाउन मैले यो निर्णय लिएको हुँ,’ उनले भने, ‘त्यसमाथि मान/पदक दिने अन्तर्राष्ट्रिय संस्थालाई सोधेरै निर्णय लिएको हुँ । म्यागासेसे कमिटीसहितका निकायले दिइसकेको पदक बिक्री गर्ने वा साथमा राख्ने सर्वाधिकार पदक पाउनेमै रहेको भनेपछि म ढुक्क भएँ ।

        पदक बिक्रीमा राखेर सार्वजनिक चासोमा आएका महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र पैसा उठाउन र जम्मा गर्नमा मात्रै नलागेकोजनाएका छन् । हो, अहिले भनेजस्तो काम गरेर देखाउन सकिएको छैन,’ चार वर्षअघि गठन भएको केन्द्रका अनगिन्ती नौला योजनाबारे बताउँदै पुनले भने, ‘तर छिट्टै कार्यान्वयनको व्यावहारिक तह र उपलब्धि देख्न पाउनुहुनेछ ।उनका अनुसार दुर्गम पहाडी वा हिमाली क्षेत्रमा औषधिमूलो सहजै पुर्‍याउन मेडिकल ड्रोनबनाउने काम द्रुत गतिमा भइरहेको छ भने अबको एक वर्षमा यसलाई सञ्चालनमा ल्याउने योजना केन्द्रसँग छ । स्विटजरल्यान्ड, चीन, जापानजस्ता मुलुकमा यो ड्रोन पद्धति प्रचलनमा भए पनि नेपालमा यो आफैंमा ठूलो उपलब्धि सावित हुने उनको विश्वास छ । यसका लागि, हार्डवेयर, सफ्टवेयर, नियन्त्रण पद्धतिसहितका क्षेत्रमा काम गर्न ३० जना इन्जिनियर लागिपरेको उनले बताए ।

      यसबाहेक ब्याट्रीबाट चल्ने विद्युतीय रिक्सा (ईरिक्सा) र असमयमै जन्मेका बालबच्चालाई सुरक्षित पद्धतिमा राख्ने इन्क्युबेटरनिर्माणको काम अघि बढिसकेको पुनले बताए । यी कामका लागि रिसर्च ल्याब राख्न ठाउँ खोजिरहेका छौं,’ उनले भने, ‘सायद पुल्चोक क्याम्पस अथवा विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानको सहकार्यमा अघि बढ्न सकिएला भन्ने छ । आविष्कार केन्द्रको योजनाअनुसार जलविद्युत् परियोजनाका लागि विज्ञ डा. डम्बर नेपालीको अगुवाइमा कास्की र लमजुङमा दुइटा खोला छनोट भइसकेका छन् । केन्द्रमा उठिरहेको महादान र खर्चबर्चबारे पारदर्शिताको मामलामा रामेश्वर खनाल (अर्थविद्) र हरिकुमार सिलवाल (चार्टर्ड एकाउन्टेन्ट) ले आर्थिक पक्षलाई व्यवस्थापन गरिरहेको उनले बताए । आविष्कार केन्द्रका हकमा सरकारी सहयोग रहोस्नरहोस्, मैले वास्ता गर्न छाडेको छु,’ पुनले भने, ‘म पैसा, बुद्धि र समय प्रदान गर्न सक्ने हितैषीको खोजीमा लागिरहनेछु । दुई साताअघि मात्रै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सिंहदरबार बोलाएर तपार्इंको अभियानलाई के कसरी सहयोग गर्न सकिन्छ ?’ भनेर सोधेकामा पुन आफैंसँग खुसी देखिएका थिए । कमसेकम सरकारको एउटा मन्त्रीले यो राष्ट्रिय अभियानबारे चासो त राखिदिनुभयो,’ उनले भने, ‘अब केकसरी सहयोग गर्न सकिने हो, त्यो मैले भन्ने होइन । मन्त्री स्वयंले भन्ने हो । यति चासो राखिदिएकामा धन्यवाद भन्दै म बाटो लागें । म्याग्दी र पर्वतका गाउँघरमा ताररहित प्रविधिको इन्टरनेट सञ्जाल तथा इकोटुरिजमको अभियान अघि बढाएर म्यागासेसे तहको प्रतिष्ठित मानसम्मान पाएका महावीर आविष्कार केन्द्रको आफ्नो पछिल्लो लक्ष्य र योजनामा उत्तिकै अडिग देखिए । मैले सगरमाथा चढ्ने लक्ष्य लिएको हुँ,’ उनले भने, ‘कम्तीमा आधार शिविर अथवा क्याम्प वन, टुसम्म पुग्न सकिएला कि भन्ने हो । म आधार शिविरसम्म मात्रै पुग्छु भन्यो भने त त्यहाँबाट माथि चढ्ने कुरै आउँदैन नि ।

 

 

 

 

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top