Hot News
संसद सचिवालयमा खैलाबैला मच्चिएको छ ; भावी मुख्यमन्त्री भन्छन्- पुरानो ‘हृयाङ’ त्यागौं ! ; सातवटै प्रदेशसभामा पद तथा गोपनीयताको शपथ, मातृभाषामा लिए शपथ ; आइतबार दिउँसो प्रदेश सांसदहरुको सपथ ; सरकारले १४ नम्बरको जुत्ता भिरायो !
Home > News > National

प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास

Sunday, 05.28.2017, 12:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ १४, २०७४- निजगढ (बारा)

          प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुत मार्ग (फास्ट ट्र्याक)को आइतबार यहाँ शिलान्यास गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ । मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दु्रत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ । यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्‍याउनेछ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौँ उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ । सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेपाली सेनाका प्रधानसेनापतिलगायतको सहभागिता थियो । रु एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top