Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

डीआइजी नवराज सिलवालको मुद्दाको आज सुनुवाइ हुने

Thursday, 05.18.2017, 11:58am (GMT+6.5)    | Comment | Print | Tell friend

४ जेठ, काठमाडौं ।

     सर्वोच्च अदालतमा डीआइजी नवराज सिलवालको मुद्दाको आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीले सिलवालको मुद्दाको सुनुवाइ गर्न ७ न्यायाधीशको वृहत पूर्ण इजलासतोकेकी छिन् ।  वृहत पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीले सिलवालको मुद्दाको छिनोफानो गर्नेछन् ।

विहीबारको यो इजलासले सिलवालद्वारा दायर गरिएको रिटका साथै आइजीपी प्रकाश अर्यालले सिलवालविरुद्ध दायर गरेको रिटमाथि समेत एकैसाथ राखेर सुनुवाइ गर्नेभएको छ ।

आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै सिलवालले मन्त्रिपरिषदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भएको थियो ।


r

Hot News

 

SEARCH

Newsletter

Top