Hot News
महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन ; राजपाको निष्कर्ष आन्दोलनमा जाने
Home > News > National

चार महानगरपालिको ताजा अपडेटः कहाँ कसको अग्रता ?

Thursday, 05.18.2017, 11:50am (GMT+6.5)    | Comment | Print | Tell friend

चार महानगरपालिको ताजा अपडेटः कहाँ कसको अग्रता ?

काठमाडौ, जेठ ४

         २८३ मध्ये एकसय ६० वटा स्थानीय तहको मतगणना सकिएको छ । ती स्थानमा जनप्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । बाँकी स्थानको पनि मत गणना जारी रहेकाले परिणाम आउने क्रम जारी छ । पहिलो चरणमा निर्वाचन भएका मुलुकका चार महानगरपालिकाको मत परिणाम आउनेक्रम जारी छ । अन्य स्थानीय तहको तुलनामा मतदातासंख्या धेरै रहेका यी महानगरपालिकामा कसको जित हुने हो भन्ने चासो मतदातालगायत सर्वसाधारणमा बढिरहेको छ । यद्यपी चारै महानगरपालिकाको अन्तिम मत परिणाम आइसक्न अझै केहि दिन लाग्ने देखिएको छ ।

      बुधबारबाट काठमाडौ महानगरपालिकाको मत गणनाको गति बढाउन ११ स्थानबाट गन्न सुरु गरिएको छ । बिहिबार बिहान १० बजेसम्ममा झण्डै १५ हजार मत मात्र गनिएको छ । त्यसमा एमाले र कांग्रेसका मेयरका उम्मेदवारबीच तीव्र प्रतिश्पर्धा भइरहेको छ । एमालेका विद्यासुन्दर शाक्यले ५ हजार ३ सय ३७ मत ल्याउदा कांग्रेसका राजुराज जोशीले ५ हजार ३ सय २१ मत ल्याएका छन् । काठमाडौपछि ललितपुरमा पनि कांग्रेस र एमालेका उम्मेदवारबीच झिनो मत अन्तरको प्रतिश्पर्धा भइरहेको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ९ हजार ४ ३२ मत ल्याउदा एमालेका हरिकृष्ण व्यन्जनकारले ९ हजार २ सय ७२ मत ल्याएका छन् ।

    ललितपुरमा एक डेढसयको अघिपछिमा दुइ दलको मत घटबढ हुदै आएको छ । झण्डै एक लाख मतदाता रहेको ललितपुरमा आधा भन्दा बढिजसो मत अझै गणना हुन बाँकी छ । चार महानगरपालिकामध्ये सवैभन्दा पहिला सुरु ललितपुर महानगरपालकाको मतगणना सुरु भएको थियो । बिहिबारसम्म ललितपुरका आठ वडाको मत गनिसकिएको छ । राजजधानीका दुईपछि सवैको चासोको विषय बनेको चितवनको भरतपुर महानगरपलिकाको मत गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीले सुरु देखि नै अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार ज्ञवालीले माओवादी केन्द्रका उम्मेदवार रेणु दहाललाई झण्डै २ हजार मत अन्तरले पछि पारेका छन् । ज्ञवालीको ६ हजार ८ सय मत पुग्दा दाहालको ५ हजार ८९ मात्र आएको छ ।

      उता कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि कांग्रेसका उम्मेदवार रामजी कुँवरले झण्डै २ सय ६० मत अन्तरले एमालेका मानबहादुर जिसिलाई पछि पारेका छन् । सल्यानः एमालेले ३, कांग्रेस र माओवादी केन्द्र २/२ स्थानमा विजयी सल्यानः एमालेले ३, कांग्रेस र माओवादी केन्द्र २/२ स्थानमा विजयी

सल्यान, जेठ ४गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको मतगणना सल्यानमा आज पनि जारी छ । १० वटा स्थानीय तह रहे..

     कपुरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी कपुरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

सल्यान, जेठ ४सल्यानको कपुरकोट गाउंपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कब्जा जमाएको छ ।

एमाले.. केपी ओलीको वडामा काँग्रेसका प्यानलै विजयी केपी ओलीको वडामा काँग्रेसका प्यानलै विजयी भक्तपुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्.. पोखरा लेखनाथको वडा नं ७ मा एमाले, ६ र ८ को नतिजा मिश्रित पोखरा लेखनाथको वडा नं ७ मा एमाले, ६ र ८ को नतिजा मिश्रित

पोखरा पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने दुल्लु नगरपालिकामा काँग्रेस विजयी

दैलेख दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका घनश्याम भण्डारी ६ हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन्,भन..

विवादपछि पुन: सुरु गरिएको ललितपुर ८ नम्बर वडाको मतगणना जारी विवादपछि पुन: सुरु गरिएको ललितपुर ८ नम्बर वडाको मतगणना जारी

जेठ ४, काठमाडौं ललितपुर महानगरपालिकाअन्तर्गत वडा नम्बर ८ को मतगणना कार्य जारी छ । हिजो नै मतगणना सकिएप..

कान्तिका सेजुवाल नेपालकै पहिलो नगरपालिका प्रमुख कान्तिका सेजुवाल नेपालकै पहिलो नगरपालिका प्रमुख

जुम्ला, – चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेका छन् ।..

अन्नपूर्ण गाउँपालिका प्रमुखमा काँग्रेसका पुन अन्नपूर्ण गाउँपालिका प्रमुखमा काँग्रेसका पुन

म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका डमबहादुर पुन विजयी भएका छन् । का..


Rajan

Hot News

 

SEARCH

Newsletter

Top