Hot News
महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन ; राजपाको निष्कर्ष आन्दोलनमा जाने
Home > News > National

सभामुख शीर्ष नेताहरुसँग छलफल गर्दै

Friday, 05.05.2017, 12:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

२२ बैशाख २०७४

काठमाडौ

संसद संचालन गर्ने सम्बन्धमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक संसद भवन छलफल सुरु भएको छ। सभामुख ओनसरी घर्ती समेतको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरमा सुरु बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता, प्रमुख सेचतक, कानुनमन्त्रीसहितको उपस्थिति छ।

बैठकमा संविधानको दोस्रो संशोधन र प्रधानन्यायाधीश शुशिला कार्की विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमा राजनीतिक सहमति खोज्ने प्रयास गरिने नेताहरुले बताएका छन्। प्रमुख प्रतिक्षी नेकपा एमालेले प्रधानन्यायाधीश शुशिला कार्की विरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएपछि बिहिबारको बैठक राजनीतिक सहमतिका लागि भन्दै सूचना टाँसेर शुक्रबार बिहान १० बजे सम्मका लागि स्थगित गरिएको थियो। यता नेपाली कांग्रेस र नेकपा माओवादीले भने महाअभियोग प्रस्ताव कुनै पनि अवस्थामा फिर्ता लिन नसक्ने बताउँदै आएका छन्। महाअभियोग प्रस्ताव फिर्ता नलिने भए तत्काल संसद बैठकमा भोटिङमा लैजानुपर्ने एमालेको प्रस्तावमा पनि सत्ता साझेदार दलले असहमति जनाएपछि संसदको गतिरोध उत्पन्न भएको हो। बैठकमा सभामुख घर्ती, उपसभामुख गंगा यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभपति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, उपनेता सुवास चन्द्र नेम्वाङ सहभागी छन्।  त्यसैगरी कानुनमन्त्री अजय शंकर नायक र तीनै दलका प्रमुख सचेतक पनि बैठकमा उपस्थित छन्।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top