Hot News
बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला ? ; राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल
Home > News > National

सबै जिल्लामा वैशाख १० सम्म मतदाता परिचयपत्र

Tuesday, 04.04.2017, 01:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

२२ चैत २०७३ काठमाडौं निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र आगामी वैशाख १० गतेसम्म सबै जिल्लामा पुर्या उने भएको छ। आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गर्ने गरी सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्र पठाउन लागेको हो । स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताको फोटोसहितको मतदाता परिचयपत्र छपाइ सुरु भएको आयोगले जनाएको छ । आयोगका अनुसार प्रत्येक जिल्ला निर्वाचन कार्यालयमातर्फत स्थानीय तहमा मतदाता परिचयपत्र पठाइनेछ । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता परिचयपत्र मात्रै नभई निर्वाचनसँग सम्बन्धित सामग्रीसमेत वैशाख १० गतेसम्म सबै जिल्लामा पठाइने बताए । २०७० सालको संविधानसभा निर्वाचनमा पनि आयोगले मतदाता परिचयत्रपत्र बाँडेको थियो । तर सबै गाउँमा परिचयपत्र पुर्याउन नसकेपछि आयोगले मतदाता नामावलीमा नाम भएकालाई मतदान गर्न दिएको थियो । तर यसपालि स्थानीय तहको पुनर्संरचना भएको र नयाँ ठेगाना कायम भएकाले आयोगले पुनः नयाँ मतदाता परिचयत्रपत्र बाँडेको हो । स्थानीय तह निर्वाचनका लागि आयोगले बाँड्ने मतदाता परिचयपत्रमा विशेष सुरक्षा फिचर मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखिएको छ । कागजमा छपाइ हुने मतपत्रलाई लेमिनेसन गरेर वितरण गरिनेछ । आयोगले मतदाता परिचयपत्र छपाइका लागि १५ करोड रुपैयाँ लागतमा ओम्नी गु्रप नामको निजी कम्पनीलाई ठेक्का दिइसकेको छ । सम्झौताअनुसार उक्त कम्पनीले १३ दिनभित्र मतदाता परिचयपत्र छपाइ र लेमिनेसनसमेत सम्पन्न गरिसक्नुपर्नेछ । कम्पनीले झन्डै ६ सय जनशक्ति परिचालन गरी मतदाता परिचयपत्र छाप्न थालेको हो।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top