Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > National

सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ ।

Monday, 04.03.2017, 01:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ चैतचितवन। 

    मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । अर्का दुई जनाको भने उद्दार गरिएको छ । यो सडक विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । तर, सोमबार भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिलो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् ।

      प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ । पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । प्रहरीका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ ।


Rajan

Hot News

 

SEARCH

Newsletter

Top