Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > National

पिपल्ला बजारमा एक पेट्रोल पम्पबाट भीषाण आगलागी

Sunday, 04.02.2017, 03:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

२० चैत  २०७३

दिपायल ।

दिपायलको  पिपल्ला बजारमा एक पेट्रोल पम्पबाट भीषाण आगलागी भएको छ । ब्यस्त दिपायल बजारको बीच भागमै रहेको जीबी आयल स्टोरमा आगलागी भएको हो ।  आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् । २ वटा मोटरसाइकल जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पडि्करहेकाले आगो अझै नियन्त्रणमा अएको छैन ।

दिपायल नगरपालिकाको दमकल बिगि्रएका कारण डँडेलधुराको अमरगढी नगरपालिकाको दमकल बोलाइएको छ । तर, आइपुग्न अझै २ घण्टा लाग्ने भएकाले आगो थप फैलिने अनुमान गरिएको छ ।

आगो नियनत्रण्का लागि स्थानीय र प्रहरी खटिएका छन् । तर, आगो फैलँदै गएको छ । आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन । सांसद कल्पना सोभको सुनचाँदी पसलमा पनि आगो सल्किएको छ । आगोलागी नियन्त्रणको लागि प्रयास भइरहेपनि आगो फैँलदो रहेको प्रहरीले जनाएको छ ।

 


rajan

Hot News

 

SEARCH

Newsletter

Top