Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > National

आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी

Saturday, 03.25.2017, 01:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

१२ चैत २०७३

काठमाडौं

नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी शनिबार विहान काठमाडौं आइपुगेका छन् । राजदूत सिंहले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् । निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएको करिब ३ सातापछि सिंह काठमाडौं आएका हुन् ।

लामो समयदेखि भारतको विदेश सेवामा कार्यरत उनले यसअघि बेल्जियम, लक्जेम्बर्ग र युरोपेली युनियनका लागि राजदूतका रुपमा कार्यभार सम्हालिसकेका छन् । उनले सन् १९८२ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए।

त्यसैगरी उनले सन् २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघस्थित भारतीय स्थायी नियोगमा स्थायी प्रतिनिधि र उपस्थायी प्रतिनिधिका रूपमा कार्य गरेका थिए। उनले एसिया प्यासिफिक पार्टनरसिप बोर्डको सदस्य भई काम गरेका थिए। पुरी सन् २००५ देखि २००९ सम्म भारतीय विदेश मन्त्रालयस्थित संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख थिए। काठमाडौँ आएका राजदूतलाई भारतीय दूतावासका कर्मचारीले विमानस्थलमा स्वागत गरेका थिए ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top