Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > National

उद्योगमा बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन

Friday, 03.17.2017, 11:28am (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र ४, २०७३  

            मोरङको टंकिसिनबारीस्थित जयश्री पियुटेक उद्योगमा बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्नका लागि विराटनगर, दमक, इटहरी, धरान, इनरुवा, राजविराज लगायत नगरपालिकाका दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आउन कठिन भएकाले उद्योग आसपासका क्षेत्राका बासिन्दा र अन्य उद्योगमा सतर्कता अपनाउन थालिएको छ । आगो फैलिएर थप क्षति नहोस् भनेर सतर्क गराइएको प्रहरीको भनाइ छ ।

              उद्योग परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मर विष्फोट भएकाले त्यही कारण आगलागी सुरु भएको अनुमान गरिएको छ । म्याजिक चप्पल र जुत्ताको उत्पादक सो उद्योग सुनसरीमोरङ औद्योगिक क्षेत्रमा पर्छ । मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीका अनुसार आगो निभाउन प्रहरी, स्थानीय बासिन्दालगायत बिहानैदेखि सक्रिय छन् । झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्लाका १० वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ । आगोले उद्योगका कच्चपदार्थ र तयारी सामान जलेको छ । क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

 


Rajan

Hot News

 

SEARCH

Newsletter

Top