Hot News
सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय ; चार अर्बको गोली किन्न सरकारलाई दबाव
Home > News > National

यात्रुबस दुर्घटनामा परी मृत्यु भएकाको संख्या २६ पुगेको छ

Friday, 03.10.2017, 11:55am (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २७, २०७३

       जाजरकोटको भेरिमालिका नगरपालिका४ बोहरागाउँ नजिक भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएकाको संख्या २६ पुगेको छ । दुर्घटनामा ३० जना गम्भीर घाइते छन् । घाइतेमध्ये २२ जनालाई उपचारका लागि नेपालगञ्ज तथा पाँच जनालाई रुकुमको चौरजहारी अस्पताल लगिएको छ । सामान्य घाइते ६ जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । १६ जनाको जाजरकोट अस्पतालमा, एक जनाको चौरजहारी र ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

           मृतकमध्ये २३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक अधिकांश जाजरकोटका छन् । जाजरकोटका रामबहादुर बस्नेत, नन्दलाल जैसी, मदन पुन, सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, गणेश बोहरा, नबीन चन्द, शान्ता सुनार र दिलबहादुर बुढा दशेराको दुर्घटनामा मृत्यु भएको हो । यस्तै जिते गामी, आईते गामी, मनीराम जैसी, बहादुर भनारी, दले तिरुवा, हिउँसरा गिरी, गोब्ली सुनार, नैनी दमाई, चैते खत्री, भरत विसी र हरिबहादुर शाहीको खनाखत भएको छ ।

              दुर्घटनामा सल्यान सुइकोटका उदय बुढा र रुकुम चौरजहारी२ का कृष्ण गिरीको पनि मृत्यु भएको छ । मृतक ३ जनाको भने खनाखत हुन सकेको छैन । ६२ यात्रु सवार ना ३ ख २२७९ नम्बरको बस सदरमुकाम खलंगाबाट पश्चिम खारा बजार जाँदै गर्दा हिजो दिउँसो सडकबाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो ।

 


Rajan

Hot News

 

SEARCH

Newsletter

Top