Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > National

राष्ट्रपति डा. रामवरण यादवद्वारा नेपालको संविधान २०७२ जारी भएकाे घोषणा

Sunday, 09.20.2015, 08:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

३ असाेज, काठमाडैं ।
राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएकाे घोषणा गरेका छन् । राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान आजैका मितिदेखि लागु भएको घोषणा गरेका हुन । संविधानका प्रतिहरुमा हस्ताक्षर गरी 'संविधान २०७२ नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु', संविधान घोषणा गर्दै उहाँले भन्नुभयाे । संविधान घोषणा पछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाउनुका साथै अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

अाज  संविधान जारी गर्न राष्ट्रपति डा. रामवरण यादव संविधान सभा भवन नयाँ वानेश्वर पुगेका थिए । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संविधानको प्रति राष्ट्रपति रामवरण यादवलाई हस्तान्तरण गरे पछि उनले नयाँ संविधानका पाँच प्रतिमा हस्ताक्षर गरे थिए ।  राष्ट्रपति नयाँ संविधानमा हस्ताक्षर गर्दा सभासदहरुले ताली बजाएर स्वागत गरेका थिए।

राष्ट्रपति यादवले संविधान सभालाई सम्बोधन गर्दै संविधानले राष्ट्रिय एकतालाई मजवुत पार्नेछ भन्दै सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गरे । नेपाली जनताले झण्डै ७ दशक अघि थालेको लोकतान्त्रिक आन्दोलन र जनताको चाहनाले आज मुर्त रुप लिएको र संविधानको घोषणा सँगै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए ।

त्यसपछि सभाध्यक्षले संविधानसभाले गरेका कामहरुको विवरण पेश गरे । २०७० माघ ८ गतेदेखि संविधानसभा बैठक बसेको र हालसम्म ३२८ घण्टा ४५ मिनेट व्यतित गरेको संविधानसभा अध्यक्षले सुवास नेम्वाङले जानकारी गराए ।


विविध मिडिया

Hot News

 

SEARCH

Newsletter

Top