थरुहट र प्रहरीको झडपमा एसएसपी सहित २० जनाको मृत्यु

Monday, 08.24.2015, 07:03pm (GMT6.5)

भाद्र, २०७२

कैलालीको टीकापुरमा टीकापुरमा थरुहट पक्षधर र नेपाल प्रहरीकाबीचको झडपमा परि एसएसपी लक्ष्मण न्यपानेसहित २० जनाको मृत्यु भएको । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले अनुसार सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी प्रधान कार्यालयका डिएसपी अजय छत्कुलीका अनुसार भने अहिलेसम्म सशस्त्र प्रहरी हवल्दार रामविहारी थारु र ललित साहुको मात्रै मृत्यु पुष्टि भएको छ । हताहती पुर्ण विवरण भने आएको छैन् । करिब १:४५ तिर प्रदर्शनकारीहरु निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि घटना भएको बुझिएको छ । ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बोहरा र बलराम बिष्ट छन् । उनीहरुलाई भालालगायतका हतियारले प्रहार गरिएको बताइएको छ । एसएसपी न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन्

नितेश सुनुवार्र

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.