Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > National

गोर्खा वेल्फेयर ट्रस्टका प्रमुख सेटल वुडद्वारा भूकम्प प्रभावितक्षेत्रको बस्तुगत अबलोकन

Tuesday, 06.30.2015, 09:27am (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार,

२९ जुन २०१५ गोर्खा वेल्फेयर ट्रस्टका प्रमुख सेटल वुड भूकम्प प्रभावितक्षेत्र दोलखा, रामेछाप, ओखलढुङ्गाको बस्तुगत अबलोकन गर्नु भएको छ । आज बिहान एरिया वेल्फेयर सेन्टर जिरीको कार्यलयमा पुगी वुडले त्यस क्षेत्रको बस्तुगत स्थितीको जानकारी लिनु भएको थियो । जानकारी लिए सँगै एरिया वेल्फेयर सेन्टर जिरीको कार्यलय प्रमुख श्याम कुमार राई सहित हेलिकप्टरबाट उक्त क्षेत्रको अबलोकन गर्नु भएको थियो । भूकम्प पिडितहरुलाई कस्तो सहयोगको आबश्यकता छ भनेर बुझन नेपाल आएको गोर्खा वेल्फेयर ट्रस्टका डाइरेक्टर सेटल वुडले बताउनु भयो ।

जिरी एरिया वेल्फेयर सेन्टर अन्तरगत ३३५ जना भुतपूर्ब गोर्खा सैनिकहरुको घर पूर्ण रुपमा क्षती भएको वेल्फेयर सेन्टर जिरीले जनाएको छ । गोर्खा वेल्फेयर स्किमले बिगतमा खानेपानी, बिद्यालय भवन, झोलुङ्गेपुल लगाएत थुप्रै बिकासका संरचनाको निमार्ण गरिदिएको थियो भने भूकम्प गएपछी आपतकालिन र दिर्घकालिन राहतहरु बितरण गरिहेको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top