Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > National

दाताहरुले ४ खर्ब ४० अर्ब रुपैया उपलब्ध गराउने प्रतिवद्धता

Thursday, 06.25.2015, 10:34pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, १० असार ०७२

राजधानीमा आयोजना भएको पुर्ननिर्माण सम्मेलनका क्रममा दाताहरुले आगामी ५ बर्षसम्म हुने पुर्ननिर्माणका लागि मात्रै दाताहरुले ४ खर्ब ४० अर्ब रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । सम्मेलन पछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री रामशरण महतले दाताहरुबाट निक्कै उत्साहजनक प्रतिवद्धताबाट आएको जानकारी दिदै मन्त्री महतले भन्यो, ‘प्रतिबद्धतालाई हामीले आयोजनामा रुपान्तरण गर्नुपर्छ । त्यसपछि दुवै पक्षले हस्ताक्षर गर्छन । अनिमात्रै कार्यान्वयनको चरणमा जाने छ ।सबैभन्दा धेरै भारतले एक खर्ब रुपैयाँ पुर्ननिर्माणका लागि दिने भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रतिवद्धता दिनुभएको छ । यसमध्ये २५ अनुदान र ७५ अर्ब ऋण हो । यस्तै चिनिया विदेशमन्त्री वागले चीनले करिब ४८ अर्ब रुपैया बराबरको अनुदान दिने प्रतिवद्धता जनाएको छ । यस्तै जापानले पनि नेपालको पुन: निर्माणका लागि २६ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ। जापानले पुन: निर्माणका लागि दोश्रो सम्मेलन आफ्नो मुलुकमा गर्न प्रस्ताव समेत गरेको छ। जापानले बालबालिका र शिक्षाको लागि नेपाललाई दुईसय ६० मिलियन अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले हाउजिङको लागि आवश्यक सहयोग गर्ने बताए । दाता सम्मेलनमा संयुक्त राज्य अमेरिकाले २३ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ। अमेरिकी राजदूतले सयोगको प्रतिवद्धता जनाएको छ । एशियाली विकास बैंक (एडिबी)ले ६० अर्ब नेपाली रुपैयाँ ऋण सहयोग गर्ने घोषणा गरेको छ भने युरोपियन युनियनले ११ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ।दाता सम्मेलनमा विश्व बैंकले ५० अर्ब, नर्बेले करिव २ अर्ब ९८ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।यसैगरी बेलायतले ११ अर्ब अनुदान सहयोग गरेको छ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top