Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > National

यस वर्षको एसएलसी परिक्षाको नतिजा सार्वजनिक ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण

Friday, 06.19.2015, 10:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, असार ०७२  

यस वर्षको एसएलसी परिक्षाको नतिजा आज सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार यसअनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।जस अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।प्रकाशित नतिजा अनुसार परीक्षार्थी मध्ये नियमिततर्फ १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उत्तीर्ण भएका छन् ।विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् ।प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ ।त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् ।तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।यसैगरी ५ हजार ९९ ले परीक्षा छाडेका छन् भने १ हजार १ सय ९९ जना परीक्षार्थीको परीक्षा रोकिएको छ ।६ सय १२ जनाको परीक्षा रद्द भएको छ भने ८३ जनाको एक्स्पेल्ड भएको छ । गत वर्ष ४३‍.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top